च्याउ खेतीबाट मासिक लाखौ कमाई

Posted on: 24 Mar, 2017


दान बहादुर बुढा/चैत ११, मुगु । वन पाईने अन्य च्याउ भन्दा घर मै खेती गरिने कन्ने जातको च्याउले बजारमा राम्रै मुल्य पाउन थालेपछि  कार्कीवाडा गाँउका बर्ष २८ का रामराज कार्की हिजो आज च्याउ खेतीबाट मासिक लाखौ रकम कमाई रहेका छन ।

अहिले बिएड पढाई सकेका  रामराज कार्की खालि बेरोजगारी बस्नु परेको र जागीर खाउ भने संघ सस्थामा प्रमुख राजनैतिक दलहरुसंग जागीरको लागी दश औला जोड्नु र बिदेश गएर श्रम पसिना बगाउनु  भन्दा आफ्नै गाँउ शहरमा पसिना बगाउछु भनेर यो च्चाउ खेति ब्यावसाय गरेको कार्कीले बताएका छन । 

 हिजोआज कार्कीले गमगढी बजारमा दिन प्रति दिन १० देखी १५ केजि सम्म च्चाउ बिक्री गरीरहेका छन । उच्च पहाड कृषि ब्याबसाय तथा जिबिकोपार्जन सुधार आयोजनाको अनुदान ८ लाख ५९ हजारको अनुदानमा ४  ओटा टहरा बनाई च्चाउ उत्पादन गरेका छन । 

हाल बजारमा प्रति किलो च्याउको मुल्य रु ४५० देखी ५०० सम्म दररेट रहेको छ । यो च्याउ उत्पादनमा १८ देखि ३० डिगी्र सेन्टीगे्रटको तापक्रममा बन्ध कोठामा गरीने यो खेतीले तिन महिनामा बेच्न मिल्ने हुन्छ भने प्रति पलाष्टिक थैलाबाट ५ देखी ८ केजी सम्म च्याउ उत्पादन हुन्छ ।

सदरमुकाम गमगढी बजार नजिक भएकाले पछिल्ला बर्षहरुमा साकाहारी र अन्य व्यन्तिहरुले मासुको विकल्पको रुपमा खान थालेपछि च्याउले रामै बजार लिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राबिधिक साहायक धर्म बहादुर शाहीले यो जातको च्याउ खानाले मोटोपना घटाउने, मुटुरोगी सन्चो जस्ता कारणले पनि यसको बजार राम्रो भएको बताउछन ।

भिडीयो १अ तय१५ सम्म सबै हुन सर


यस बिषयमा तपाइको प्रतिक्रिया...!