पोल्टी र्फममा अज्ञात रोगले कुखुरा मरे जिल्लामा औषधी अभाव (६ तश्वीर)

Posted on: 14 May, 2019

दान बहादुर बुढा | वैशाख ३१, मुगु | मुगु जिल्लाको एक मात्र नमुनाको रुपमा चल्दै आईरहेको कुखुराको पोल्टी र्फममा अज्ञात रोगले कुखुरा र कुखरराका चल्ला धम्माधम मर्न थालेका छन  भने छायानाथ रारा नगरपालिका पशु शाखा र पशु ज्ञान केन्द्र सम्पर्क कार्यालयमा समेत पशुपन्छी सम्बन्धी औषधी अभाव रहेको छ ।


बिगर्त ३ बर्ष यता साबिकको कर्णाली अञ्चलका नमुना व्यवसायको रुपमा चिनिदै आईरहेका मुगुको एक मात्र रत्नह्रायाचरी र्फममा न्यू हेमसार, अष्टलक, गिरीराज, साकिना स्थानिय लोक्कल जातका गरी ५ सय भन्दा बढी कुखुरा र चल्लाको ब्यावसाय गर्दै आईरहेका थिए | जस मध्य पछिल्लो एक साता यता अज्ञात रोगले २ हप्ते ४० कुखुरा ४ हप्ते ८० वटा र अन्य अमेरका गरी  १ सय ७० कुखुराका चल्ला मरिसकेका छन । अन्य बाकी रहेका कुखुराका चल्ला र मेशिनमा चल्ला उत्पादन गर्न लागी रहेका अण्ड अन्य गरी ५ लाख सम्म क्षेती हुने भएको छ । कुखुराका चल्ला र कुखुराहरु दिन प्रतिदिन २५ देखी ३० सम्म मर्ने गरेका छन । जरो आउने र्याल निकाल्ने, कराउने, खुट्टा बटारने, झोक्राउने, हरीयो छ्रेने लक्षण देखिएका छन् । 


जिल्लामा पशु ज्ञान केन्द्र छायानाथ पशु शाखामा कुनैपनि औषधि नभएको पशु बिज्ञ पशुचिकित्सक समेत नहुदा निकै गारो भएका छ । सरोकारवाला निकाय पशु ज्ञानकेन्द्र, जिल्ला प्रहरी, जिल्ला प्रशासन, नगरपालिका पशु शाखा मौन रहेको हुदा बाहिर जिल्लाबाट अबैध रुपमा बिभिन्न जातका नेपालगंन्ज, सुर्खेत, दाङ, बुटबल भारतबाट मुगु जिल्ला सदरमुकाम र जिल्लाका अन्य बस्तीहरुमा कुखुराका चल्ला र कुखुरा आउने हुँदा तराईमा फैलिएको बिभिन्न रोग समेत आउने भएको हुँदा हिजो-आज अज्ञात रोगले कुखुरा मर्दा ५ लाख सम्म घाटा हुने रत्न ह्रृ्याचरीका प्रोपराईटर रत्नसिंह मल्लले बताएका छन । 


पशु ज्ञान केन्द्र सम्पर्क कार्यालय मुगुको अनुसार मरेका कुखुराको लक्षेण हेर्दा सिआरडी रोग हुन सक्ने छ तर जिल्लामा रोग पहिचाहन गर्ने प्रयोगसाला नहुदा रोगको एकीन गर्न नसक्ने रोग पहिचाहनकै लागि सुर्खेत प्रयोगसालामा पठाउने तयारी भईसकेको अबैध रुपमा जिल्ला बाहीरबाट आउने कुखुरा र कुखुराका चल्लाहरुलाई रोकथाम गर्नको लागी सरोकारवाला निकाय संग बैठक बसी तत्काल छलफल गर्ने अघि बढ्र्ने पशु ज्ञान केन्द्र सम्पर्क कार्यालय मुगुका पशु चिकित्सक भिमचन्द्र बुढाले बताएका छन । हिजोआज रत्न ह्याचरी पोल्टी फर्मका कुखुरा मर्न थालेपछि पोल्टी फारम खालि हुन लागी रहेका छन भने मुगु जिल्लाका गाँउ-बस्ती बस्तीमा रहेका स्थानिय साकिना जातका कुखुरा समेत मर्न थालेपछी स्थानिय बासिले केहि दिनमै यो रोग स्थानीय सबैतिर फैलन सक्ने भन्दै बिरोध गरेका छन्   । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!