कालाकाडाँ खमाले गम्था सडकखण्ड दुई सातादेखि अवरुद्ध

Posted on: 18 Apr, 2017

बैशाख ५, मुगु | जिल्लाको खत्याड गाउँपालीको कालाकाडाँ खमाले गम्था सडक खण्ड दुई सातादेखि अवरुद्ध भएको छ । कनका सुन्दरी  गाउँपालीका स्थित लुमा गाउँका स्थानीयले आफुमाथि अन्याय भएको भन्दै  सडक बन्द गरेपछि खत्याड गाउँपालिकालाई जोड्ने मुख्य मार्गका रुपमा स्थापित हुन थालेको जुम्ला सिजाँ हुदै मुगुको खत्याड भेग जोडिएको कालाकाडाँ खमाले गम्था सडक खण्ड अवरुद्ध भएको हो । 

सडक अवरुद्ध बनेपछी गोठी जिउला बाट खत्याड गाउँपालिका भित्रने कुनैपनी यातायातका साधनहरु सञ्चालनमा आउन सकिरहेका छैनन्, भने यातायात सञ्चालनमा नआउदाँ स्थानिय बासिन्दाहरुलाई मर्का परेको छ । बिच बाटोमा आई पुगेका मालवाह गाडीपनी अलपत्र अबस्था रहेका र खत्याड आउने पाठ्यपुस्तक पनी बाटोमै अलपत्र अवस्थामा रहेका खत्याड गाउँपालिकाको गम्थाबाट लोकराज दाहालले जानकारी दिनुभएको छ । उहाँका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिकाको लुमा गाउँका स्थानीय बासिन्दाहरुले खत्याड आईरहेको सडक परिवर्तन हुनुपर्ने र आफुहरुले पहिले काम गरेबाफतको ज्याला समेत नपाएको भन्दै मोटरबाटो सञ्चालनमा रोक लगाईरहेका छन् । 

दुई साता देखि सडक अवरुद्ध हुदाँ प्रशासनको ध्यान जान नसकेकोमा प्रशासनको ध्यानाकर्षण गराउदै साँझासवाल लाई जानकारी दिनु भएको छ । - मुगुबाट नन्द बहादुर रोकायाको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!