अघिल्लो बर्षको तुलनमा गत बर्ष २४ प्रतिशतले राजस्व संकलन

Posted on: 19 Jul, 2017

नन्द बहादुर रोकाया । साउन ०४, मुगु (गमगढी) । मुगुमा अघिल्लो बर्षको तुलनमा गहेको बर्ष २४ प्रतिशतले राजस्व संकलन भएको छ । 

अघिल्लो बर्ष२०७२/०७३मा ५२.७ प्रतिशत राजस्व संकलन भएकोमा गहेको बर्ष  २०७३/०७४ मा २४ प्रतिशतले बृद्धी भएर ७६.६६ प्रतिशत राजस्व संकलन भएको जिल्ला मालपो कार्यलय मुगुले जनाएको छ । आर्थिक बर्ष २०७३/०७४ मा जिल्ला मालपोत कार्यालय मुगुले ३३ लाख ३४ हजार ४५० राजस्व संकलन गरेको छ । 

जिल्ला मालपोत कार्यलयले उठाउने पाँचवटा शिर्षकामा आर्थिक बर्ष २०७३/०७४ मा ३३ लाख ३४ हजार ४५० राजस्व संकल भएको जिल्ला मालपोत कार्यलय मुगका जिल्ला मालपोत अधिकृत जगत बहादुर रोकायाले बताउनुभयो ।कार्यालयमा घरजग्गा रजिष्ट्रेशन बापत २८ लाख ५ हजार ९ सय  रुपैया, सेवा शुल्कबाट ४ लाख ५९ हजार ९ सय ८० रुपैया, पुर्जा विक्रिबाट ६ हजार ५ सय ५० रुपैया, प्रशासनिक दस्तुर ३ हजार २ सय ३६ नामसारी  नक्कल दस्तुरबाट ५८ हजार ९ सय ६४ रुपैया, राजस्व संकलन भएको जिल्ला मालपोत अधिकृत जगत बहादुर रोकायालको भनाई छ । 

अघिल्लो आर्थिक बष२०७२/०७३ मा २१ लाख ४० हजार ८ सय ७१ रुपैया राजस्व संकलन भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!