तामझामका साथ खुल्ला दिसा मुक्त जिल्ला घोषणा (११ तश्विर)

Posted on: 12 Jun, 2018

दान बहादुर बुढा | जेठ २९, मुगु | विभिन्न साँस्कृतिक झाँकि सहित सोमवार जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको छ ।

साविकका २४ वटा गाविसहरु हालका तिन गाउँपालिका र एक नगरपालिकाका सबै घर धुरीमा सरसफाईको पहुँच पुगेकाले जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गरिएको  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ । 

कुल १० हजार ७ सय ३९ घरधुरी मध्य ९७ दशमलव ५ प्रतिशत घरधुरीमा चर्पी बनेर प्रयोग भई रहेका तथ २ दशमलव  ५ घरधुरीले चर्पी साझेदारीमा प्रयोग गरिरहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । तिन वटै गाउँपालिका र एक नगरपालिकाबाट स्थानीय पहिरन र साँस्कृतिक झाँकि सहित उल्लेख्य सर्व साधारणको सहभागिता रहेको थियो । 

अहिले जिल्लालाई ५५ औं स्थानमा खुल्ला दिसा मुक्त घोषणा गरिए पनि खानेपानीको पुर्ण व्यवस्था , पुर्ण सरसफाईलाई निरन्तरता दिनु पर्ने घोषणा कार्यक्रमका सहभागि बक्ताले बताएका थिए । घोषणा कार्यक्रममा सरसफाई क्षेत्रमा योगदान दिने व्यक्ति, सरकारी तथा गैर सरकारी निकाय , स्थानीय निकायलाई सम्मान गरिएको थियो ।  सन २०१७ भित्र जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने भनिए पनि विभिन्न कारणले ६ महिना ढिलो भएको बताईएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!