बेकारी उद्योग सन्चालनबाट बार्षिक लाखौं आम्दानी गर्दै युवा

Posted on: 05 Dec, 2019

दान बहादुर बुढा | मंसिर १९, मुगु | मुगु जिल्लाका एक यूवा राजनीतिशास्त्र बट डिग्री पढ्दौ बेकरी उद्योग सन्चालन गरि बार्षिक लाखै रुपैयाको आम्दानी गरिरहेका छन् | जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ भामबाडा गाँउमा मिति २०४६ सालमा जन्मनु भएको मिन बहादुर रावलले मुगुको सदरमुकाम गमगढी बजारमा २०६९ सालबाट स्थापना गरेको मिक बेकरी उद्योग सन्चालन गरेको स्थापना काल देखी नै लगातार ३ बर्ष सम्म उद्योग घाटामा संचालन भएको थियो |


तेस्रो बर्ष बिति सके पछि चौथो बर्षबाट ब्यावसय उकालेमा लागेको छ | "अहिले बेकरी उद्योगमा महिला पुरुष गरि ७ जनालाई रोजगार दिएको छु गर्त बर्षमा बार्षिक रिपोटमा ४८ लाख सम्मको कारोकार भएको र यो बर्ष ५७ लाख सम्मको कारोवार भै सकेको छ । बेकारी उद्योगबाट काम कर्मचारीको मन खुसी बनाएर  घर परिवार र बाल बच्चालाई पढाई खर्च र अन्य औषधी उपचार खर्च समेत यही उद्योगबाट धानेको छ "बेकारी उद्योग सन्चालक मिन बहादुर रावलले भने |


स्थानीय बालिको संरक्षण गरि बेरोजगार युवालाई रोजगार दिने र आफुपनी रोजगार बन्ने हिसाबले, विशेषगरि स्थानीय परिकार कोदो फापर बाट केक,ढुनट,पाउरोटी,बुन पाउरोटी,कुकुज,बिस्कोट,  मफिन,केक, लगाएत क्याफे पनि सन्चालन गरिएको छ |


बजारको अभाव र सदरमुकाम गमगढी बजार बाहीर छिकेकी जिल्ला सम्म पुराउनको लागी सडकको राम्रो ब्याबस्था नभएको हुदा गमगढी बजार ,लामाचौर सल्लेरी,रारा, बालै सम्मका ग्राहकहरुलाई मात्र सेवा दिन सकेको बेकरी संन्चालक रावलले बताएका छन । 


पढेर मात्र जागिरी खाने आम नेपालिको मान्यता छ | जागिरी खानको लागी नेता देखी र्कार्यकताहरुसंग गुलामि बन्नु पर्ने हुदाँ र आम नेपाली दाजु भाई विदेश जाने भएको हुदा अब मुगुमै सानो उद्योग सन्चालन गरि आफु पनि रोज गार बन्ने र केही बेरोज गार युवाहरुलाई रोज गारि दिन्छु भन्ने हिसावले यो उद्योग सन्चालनमा ल्याएको हु | जे होर थारै भए पनि बेरोजगार युवालाई रोजगार दिन सफल भएको छु । बिदेश जाने दाजु भाईलाई सोदेशमा बसेर केहीन केही सानो तिनो ब्यावसाय संचालनगरि बस्न समेत अनुरोध समेत रावलले गरेका छन |


यस बिषयमा तपाइको प्रतिक्रिया...!