मुगुमा गाउँघर क्लिनिक भवन बनेपछी स्थानिय खुसी

Posted on: 07 Jan, 2020

दान बहादुर बुढा | पुस २२, मुगु | मुगुको छायाँनाथ रारा नगरपालीका वडा नं १२ शोभा गाउँमा सामुदायिक स्वास्थ्य ईकाइ गाउँघर क्लिनिक भवन बनेसंगै स्थानीय बासि खुसी भएका छन | भवन नुहुदाँ सेवामा सास्ती पाईरहेका नागरिक नयाँ भवन बने संगै खुसी भएका हुन् |


सामुदायिक बिकास परियोजना अन्तर्गत स्वास्थ्य र सरसफाई कार्यक्रम गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा कर्णाली गरिबी न्युनिकरण तथा बिकास मञ्च प्एब्म्ँ को सहजिकरणमा दुई कोठे बाथरुपम सहितको भवन बनेको छ |

साविकको रोवा गाविसको शोभा गाउँमा स्वास्थ्य सेवा लिन स्थानीय घण्टौ हिड्ने बाध्य छ । स्वास्थ्य सेवा लिन दई तिन घण्टा हिडेर ढुग्रेधारा स्वास्थ्य चौकिमा आउनु पर्ने बाध्यता थियो ।  त्यसको मध्येनजर गदै सामुदायिक बिकास परियोजना अन्तरगत स्वास्थ्य र सरसफाई कार्यक्रम अन्तर्गत ण्च्ऋ भवन निमार्ण गरिएको कर्णाली गरिबी न्युनिकरण तथा बिकास मञ्चले जनाएको छ । भवनको ३ लाख ५६ हजार २ दुई सय समुदायको सहयोगमा तथा सस्थांको १३ लाख १० हजार ६ सय मा भवन बन्न लागेको हो | भवनको ९५ प्रतिशत काम सम्पन्न भएको र बाँकी रङ्ग रोगन  बाँकी छ |

सामुदायिक स्वास्थ्य सेवा ईकाईको सेवा भवन अभावले सहकारीको घरबाट सेवा प्रवाह भईरहेको भएपनी नयाँ भवनको निमार्ण कार्य अन्तिम चरणमा पुगेपछी नागरिक खुसी भएका स्थानीय जगी बुढाले बताए |

उनका अनुसार सामान्य बिरामि भएपनी औषधि गर्न घण्टौ हिड्ने गरेका थियो । पछी सामुदायिक स्वास्थ्य ईकाईको स्थापाना भएको पनी भवन नहुदाँ सेवाग्राहीले सास्ती पाउने गरेका थिए । नयाँ भवनको काम अन्तिम चरणमा पुगे पछी सेवामा सहज हुने भन्दै नागरिक खुसी भएको बुढाको भनाई छ |

आधारभुत स्वास्थ्य सेवा पु¥याउने उदेश्यका साथ २०७३ सालमा स्थापाना गरीएको सामुदायिक स्वास्थ्य ईकाइको भवन नहुदाँ समस्या भएको भएपनी भवनको काम ९५ प्रतिशत सकिएकाले सेवामा सहज हुने अपेक्षा गरिएको वडा अध्यक्ष शुवाष बुढाले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!