प्रारम्भिक आइसोलेसन सेन्टरमा शौचालय तथा स्नान घर निर्माण

Posted on: 19 Jun, 2020

दान बहादुर बुढा | असार ५, मुगु | बिश्व महामारि कोभिड १९ले थला परेको बेला नेपालमा पनि कोरोना संक्रमितको संख्या निकै बढी रहेको  छ । यसै अवस्थामा यसको रोकथामको लागी मुगुको छायाँनाथ रारा नगरपालिकाको जिल्ला कारागार भवनमा रहेको प्रारम्भिक आईसोलेसन सेन्टरमा सरसफाइ सामग्री सहित लैगिङ्कमैत्री शौचालय तथा स्नान घर निर्माण गरिएको छ । 

५० बेडको प्रारम्भिक आइसोलेसन सेन्टरमा ४ वटा लैगिङ्कमैत्री शौचालय तथा २ वटा स्नानघर निर्माण गरिएको जिल्ला बिपद व्यवस्थापन समितिका सदस्य तथा नेपाल रेडक्रस सोसाइटी मुगुका सभापति जय बहादुर मल्लले जानकारी दिनुभयो ।


कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतमा अलपत्र परेका नागरिकलाई मुगु जिल्लाका ४ वटै स्थानीय तहले उद्धार गरी ल्याउने क्रम जारी छ । भारत तथा बाहिरी जिल्लाबाट आउने नागरिकहरु कोरोना संक्रमित हुनसक्ने अवस्थालाई ध्यानमा राखी पूर्व तयारी स्वरुप  जिल्ला बिपद व्यवस्थापन समितिको अगुवाईमा निर्माण गरिएको प्रारम्भिक आइसोलेसन सेन्टरमा खानेपानी तथा सरसफाइलाई मध्यनजर गर्दै सरसफाइ सामग्री सहितका ४ वटा लैगिङ्कमैत्री शौचालय तथा २ वटा स्नान घर निर्माणमा सहयोग गरिएको गैर सरकारी संस्था हिमाली ग्रामीण युवा समाज बिकास केन्द्र (हिरिसडेक) मुगुका कार्यकारी निर्देशक मिनबहादुर रावलले जानकारी दिनुभयो ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट आव्हान गरिएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताउनु भयो । ‘कोरोना भाइरसको महामारीले विश्व नै आतंकित भईरहेका बेला सरकारी, गैर सरकारी कार्यालय, नागरिक समाज, रेडक्रस, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा अन्य सहयोगी निकायहरु एकताबद्ध भएर कोरोना विरुद्धको लडाईमा जुट्न आव्हान गर्दछु’ सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीले भन्नुभयो ।


ज्ञवालीका अनुसार मुगु जिल्लामा खासै अन्य जिल्लाको जस्तो मुगुमा कोरोनाको संक्रमीतहुर्नेको संख्या बढ्दो नभए पनि पूर्व तयारीको लागी स्थानिय तहहरु र जिल्लाका सबै सरोकार वालाहरु संग सहकार्य गरि अघि बढीरहेको समेत बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!