सात परिक्षा केन्द्रमा एक सय पाँच सुरक्षाकर्मी खटाईने

Posted on: 22 Mar, 2019

दान बहादुर बुढा | चैत्र ८, मुगु | माध्यमिक शिक्षा परिक्षा एसईईको बार्षिक २०७५ को परिक्षाका मुगु जिल्लामा रहेको सात परिक्षा केन्द्रमा प्रति परिक्षा केन्द्रमा पन्ध जान सुरक्षाकर्मीको हिसावले एक सय पाँच जना सुरक्षा कर्मी परिचालमा खटाईने छ ।

जिल्लामा रहेको चार वटा स्थानिय तह मध्य खत्याड गाँउपालिकोको उच्च मा.बि. गम्था र उच्च माबि लुई , सोरु गाँउपालिकाको माबि कालै र मा.बि. पुरुमुरु र छायानाथ रारा नगरपालिकाको उच्च मा.बि. महाकालीमा दुई वटा सेन्टर र मा.बि. टोप्लामा एसर्ईई परिक्षाको परिक्षा केन्द्र रहेको छ  भने मुगमकामारोङ गाँउपालिकामा थोरै परिक्षाती भएको र हेम सेन्टर नहुने भएको हुँदा महाकाली परिक्षा केन्द्रमा सहभागी गराउने  माध्यमिक शिक्षा परिक्षा एसईई जिल्ला समितिको बैठकबाट परिक्षा केन्द्र कायम गरीएको र सबै परिक्षा केन्दबाट जम्मा १३सय ७४ जना परिक्षार्थि सहभागी हुने भएका छन् । 

एक परिक्षा केन्द्रमा १५ जान सुरक्षाकर्मी,एक जान परिक्षा केन्द्र अध्क्षय ,एक जना सहायक केन्द्रअध्क्ष्य, दश जना निरिक्षक र तिन जना सहयोगी रहने  गरी जिल्ला भरी सुरक्षा र अन्य जनसक्क्री गरी जम्मा दुई सय दश जना जनशक्क्री परिचालन हुने गरी सबै परिक्षा केन्द्रमा प्रश्न पत्र ,उतर पुस्तीका सहित परिक्षा केन्दैमा पुगी सकेको छ । एसर्ईई परिक्षाको सम्पूण तयारी अन्तीम भई सकेको  जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख सुर्य बहादुर खत्रीले बताएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!