मुगु जिल्लाभर ७५ देखी ८० प्रतिशत रोपाई सम्पन्न

Posted on: 10 Jul, 2017

दान बहादुर बुढा/असार २६, मुगु । जिल्लाभर धान रोपाई गर्ने कार्य ७५ देखी ८० प्रतिशत सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

सदरमुकाम क्षेत्रमा पानी परिरहेको तथा खत्याड र सोरुमा सिचाई व्यवस्था भएकाले यो वर्ष समयमा नै ८० प्रतिशत रोपाई सम्पन्न भएको छ भने सुख्खा क्षेत्रमा रोपाई हुन बाँकि रहेको कार्यालयले जनाएको छ । 

जिल्लाको कुल खेति योग्य जमिन १९ हजार ३ सय ४० हेक्टर रहेकोमा वर्ष भरि सिचाई हुने जमिनिको क्षेत्रफल १ हजार ५० हेक्टर अर्थात ५ दशमलव ४ प्रतिशत रहेको छ भने आंशिक रुपमा सिचाई हुने जमिन ८ सय ४४ हेक्टर रहेको कार्यालयको तथ्याकं छ । 

कुल खेती गरिएको जमिन १८ हजार ४ सय २१ हेक्टर मध्य असिंचित १७ हजार ४ सय ४६ हेक्टर अर्थात ९० दशमलव २ प्रतिशत रहेको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख नुनुलाल उराउका अनुसार गर्त बर्ष भन्दा यो बर्ष समयमानै आकासे पानि परेको र जिल्लाको अन्नको भण्डार भनि चिनिने खत्याड भेगमा १००प्रतिशत रोपाई सकिएको छ भने अन्य गम भेग र सोरु भेगमा १५ प्रतिस रोपाई बाकी रहेको बताएका छन । 

हिजो आज देखि जिल्लाभर वर्षा हुन थालेकाले असार अन्त्यसम्म शत प्रतिशत धान रोपाई सम्पन्न हुने उनले बताए । केहि दिन अघि सम्म वर्षा नहुँदा जिल्लाका सोरु र खत्याड क्षेत्रका कृषकहरुले धान रोप्न सकेका थिएनन भने अन्य पादोमा लागउने अन्न बाली कोदो,फापर,मकै,चिनो कागुनु,आलु लगाएतको बाली लगाएत अन्य कृषिबाली खेतमा नै सुक्न थाले पछि कृषक चिन्तित बनेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!