काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाईते

Posted on: 26 Nov, 2017

नन्द बहादुर रोकाया/मंसिर १०, मुगु । जिल्लाको पश्चिमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ४ ज्युकामा रहेको मतदान केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ता बिच भडप हुँदा दुई जना घाईते भएका छन ।

मतदान केन्द्रमा पाटीको एजेण्ट बस्नका लागि काँग्रेसले कसैको नाम सिफारिस नगरेको तथा दिउसो काँग्रेस कार्यकर्ता आएर विवाद गर्न थाले पछि झडप भएको बताईएको छ । झडप हुँदा काँग्रेस कार्यकर्ताले खुकुरी प्रहार गर्दा एमाले कार्यकर्ता तिर्थ बुढा र ८ वषीय बालक चन्द्रबहादुर रोकाया घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सञ्चार असुविधाका कारण पुरै विवरण आउन बाँकि रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मतदान केन्द्र भित्र नभएर मतदान केन्द्र बाहिर दुवै दलका कार्यकर्ता विच झडप भएको आफुलाई जानकारी आएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी राजिमान बुढाले जानकारी दिए ।  

समान्य विवाद भएको जिल्लाभर शान्तिपुण रुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले बताएको छ । छायानाथ रारा नगरपालिका वडा नम्बर १२ शोभामा रहेको मतदान केन्द्र आसपास दुई वटा बम पड्किएको छ भने वडा नम्बर १० झाकोटमा विहान वम विस्फोट भएको छ । 

मतदानमा खटिएका कर्मचारी, सुरक्षा कर्मि तथा मतदातालाई असर नपर्ने गरि सामान्य रुपमा तर्साउने खालका मात्र छिटफुट घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भिमकिरण बोगटीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!