मुगुमा नगरपालीका भित्रका मतपेटीका ल्याईदै

Posted on: 26 Nov, 2017

नन्दबहादुर रोकाया/मसिर १०, मुगु । आज मतदान सकिएपछि मुगुको छायाँनाथ रारा नगरपालिकाका सबै मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याउन समेत शुरु गरिसकिएको छ । 

सदरमुकाम नजिक रहेका केही मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेका छन् । जिल्लाका अन्य स्थानिय तह हरु सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगम कार्मारोङ्ग गाउँपालिकाका मतदान केन्द्रहरुमा रहेका मतपेटिका ल्याउने बिषयमा छलफल भईरहेको स्थानिय प्रशासनले जनाएको छ ।

आज रात्ति मतपेटिका सुरक्षित स्थानहरुमा राखेर भोली हेलिकप्टरमा अथवा बोकाएर ल्याउने भन्ने बिषयमा छलफल हुने बताईएको छ । ६० वटा मतदान केन्द्र रहेको मुगुका अन्य क्षेत्रमामा पनी मतदान निकै उत्साहबद्र्धक भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!