कर्णाली प्रदेशको बैठक रारामा सडक र पर्यटनमा जोड दिईने

Posted on: 13 Apr, 2018

नन्द बहादुर रोकाया | चैत ३०, मुगु | आज रारामा बसेको कर्णाली प्रदेशको बैठककले सडक र पर्यटनमा जोड दिईने  निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले रारामा पुगेर गरेका निर्णय उत्साहजनक भएकाले प्रदेश सरकारले ईमान्दार भएर काम गर्न प्रधान मन्त्री केपी शर्मा वलीले कर्णाली प्रदेश सरकारलाई निर्देशन दिएका छन ।

कर्णाली प्रदेश सरकारले गरेका निर्णयको प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी वलीलाई जानकारी गराई सके पछि प्रधान मन्त्री वलीले प्रदेश सरकारले राम्रा निर्णय गरेको र योजना समेत त्यहि अनुसार निर्माण गरे केन्द्र सरकारले आर्थिक व्यवस्थापन जसरी पनि गर्न तयार हुने बताएका थिए ।


कर्णाली प्रदेश जल , जमिन , पर्यापर्यटन, धार्मिक पर्यटन लगायतका धेरै सम्भावना रहेकाले प्रदेश सरकारले पुरानो ढाँचामा नभई नयाँ ढाँचाले अगाढी बढ्नु पर्ने वलीको भनाई थियो । प्रदेश तथा समग्र क्षेत्रको विकासका लागि सुशासन, ईमान्दारिता तथा कर्मचारी संयन्त्रलाई चुस्त दुरुस्त राख्न पनि वलीले निर्देशन दिए ।  प्रधान मन्त्री वलीले शनिवार विहान रारा कर्णाली पर्यटन वर्ष २० ७५को उद्घाटन कार्यक्रममा राराबाटै देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ भने शनिवार नै शैक्षिक वर्ष २०७५को भर्ना अभियानको समेत उद्घाटन गर्ने छन । 

वेलुकी पौने छ बजेबाट रारा तालको किनारमा वसेको प्रदेश सरकारको बैठकले कर्णाली प्रदेशका सबै जिल्लामा पर्यटकिय स्थलको पहिचान गरि तिनीहरुको प्रचार प्रसार गर्ने र प्रदेशको गुरुयोजना निर्माण गरि कर्णालीको समृद्धिको ढोका खोल्ने गरि आवश्यक पहल गर्न केन्द्र सरकारलाई जानकारी गराउने निर्णय गरेको थियो । 


त्यस्तै प्रदेश सरकारले नाग्म देखि रारासम्मको सडक कालो पत्रे गर्ने, हिल्सा, सुर्खेत देखि कोहलपुरसम्मको सडकलाई दुर्त मार्गको रुपमा विकास गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने , गमगढी नाक्चे लाग्ना सडकलाई राष्ट्रिय गौरवको आयोजनामा राखि निर्माण कार्यलाई तिब्र बढाउने गरि आवश्यक सहयोग गर्न अनुरोध समेत गर्ने निर्णय गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!