मुगुमा बालबिवाह घोषणा गरीएकै वडामा बालबिवाह बढी

Posted on: 20 Jul, 2017

दान बहादुर बुढा | साउन ४, मुगु | जिल्लाको पश्चिम भेगको खत्याड गाँउ पालिका  वडा नम्बर ५ वा सबिकैको खमाले गाबिसमा २०७१ सालमा  बाजा गाजा धुमधामका साथ बाल बिवाह जिल्लाकै पहिलो घोषण गाबिस गरे पनि पछिल्लो समयमा बाल बिवाह गर्नेको संख्या बढेको छ ।

जिल्लाको  खत्याड गाँउ पालिका ५ वडा रहेको खमाले गाँउ बालबिवाह गर्नेको एक मात्र नमुना मात्र गाँउ हो । सदरमुकाम गमगढी बजार नजिकै रहेको छाायानाथ नगरपालिका वडा नम्बर ३, ४, ५ रहेको कार्कीबाडा, ढुम, भामबाडा, तलितुम, मार्थितु, सायाखोला, लगाएत दर्जनौ बस्तीहरुमा जिल्लाकै बढी बालबिवाह हुने बस्तीहरुको रुपमा लिएका छन ।

मुलुकी ऐन २०२०को अनुसार महल १७ बिवाहको २ नम्बर अनुसार बिवाहबारी गर्दा महिला पुरुसको उमेरसंरक्ष्णको मञ्जुरीमा १८ कर्ष र संरक्षको मञ्जुरीमा २०बर्ष नपसगी गर्न गराउन हुदैन गरेमा ६ महिना देखी ३ बर्ष सम्म कैद १ हजार रुपैया देखी १० हजार रुपैया जरीवाना कानुनमा उल्लेख भए पनि बालबिवाह अझै मुगुका बिभिन्न बस्तीमा रोकीएको छैन ।

 खत्याड गाँउ पालिका वडा नम्बर ५ खमालेमा रहेको नवजोति बालक्लवकी उपाध्क्षय रुपा बुढाका अनुसार आफ्नो वडामा २०७१ सालमा बालबिवाह मुक्त घोषर्ण गरेपनि प्रत्यक महिना ३/४ जनाले बालबिवाह गर्ने गरेका छन् ।आफ्नो बाल क्लवबाट बालबिवाह गरेपछि भबिस्यमा हुने असरकोबारे जनचेतना मुलक नाटक कथा कबिता सडकनाटक जस्ता कार्याक्रम गदौ आईरहेका भएपनि बालबिवाह नरोकिएको र सरकारी गैर सरकारी निकाय मार्फत कडा जनचेतनामुलक कार्यक्रम गर्न आबश्यक रहेको बताउछन् । 

सानै उमेरमा बालबिवाह हुने पछि ठूलो भएपछि बहुबिवाह गर्ने बढी संख्या बढी रहेको छ । बिगतका बर्षहरु भन्दा यो बर्ष जिल्ला अदालतमा  बिभिन्न प्रकरणका ८१ बटा मुद्घा मध्य ६१ बटा मुद्घ फैसेला भईसकेका छन भने जस अनुसा १० बटा सम्बन्धबिच्छदका र ५ बटा अंस बण्डाको मुद्घा परेका छन जसमा यो बर्ष सम्बन्धबिछेदका र अंस बण्डाका मुद्घा बढी आउनाको कारण सानै उमेरमा बिवाह गरि पछि अर्को बिवाह गर्ने गरेको अदालतको ठहर रहेको जिल्ला अदालतका श्रेस्तदार रामाकान्त यादवले बताएका छन ।

यो बर्ष मात्र १४ वटा घरेलु हिङ्गसाका मुद्घा निबेदन महिला तथा बालबालिका कार्यालयमा परेका छन यो घरेलु हिंसाको मुद्या र निबेदन पर्नुको कारण सानै उमेरमा बिबाह गर्नु हो, महिला तथा बालवालिका कार्यालयले बताएको छ भने अर्को तर्फ बर्षेनी नै किशोर किशोरीशरुलाई बालबिवाह,छाउपडी लागाएत बिषयमा  लाखौे रकम लगानी लगाई जनचेतनामुलक बिषयमा खर्च भए पनि बालुवामा पानि खनाएको जस्तो छ एका तर्फ भने  राज्यको ढुकुटी सकीने अर्को तर्पm बालबिवाह जस्ता बिकृति बढ्दै जाने गरेको पाईन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!