दरबन्दी अनुरुप शिक्षक नहुदाँ पठन पाठनमा समस्या

Posted on: 23 Jul, 2017


नन्द बहादुर रोकाया/साउन ८, मुगु । जिल्लाको एक मावि विद्यालयमा दरबन्दी अनुरुप शिक्षक नहुदाँ पठन पाठनमा समस्या भएको छ । 

छायाँनाथ रारा नगरपालीका वडा नं ११ मा रहेको प्रभावत माध्यामिक बिद्यालय रोवामा दरबन्दी अनुरुप शिक्षक नहुदाँ पठन पाठनमा समस्या भएको हो । माविमा ५ जना शिक्षकको दरबन्दी भएपनी २ जना र प्राविमा ५ जना दरबन्दी भएपनी ३ जना शिक्षक हुदाँ पठन पाठनमा समस्या भएको बिद्यालयका प्रधानध्यापक चन्द्र बहादुर बढुवालले बताउनुभयो । 

उहाँले बिद्यालमा निमावीको दरबन्दी फुल भएपनी माबि र प्राविको दरबन्दी अनुसार शिक्षक नभएकाले पठनपाठनमा निकै समस्या भएको बताउनुभयो । उहाँका अनुसार मावि तह बिज्ञान बिषयको शिक्षकनै नहुदाँ निवामी तहका शिक्षकले पढाईरहेको जानकारी समेत दिनुभयो । 

शिक्षा नियववालीमा हिमाली जिल्लामा ४० बिद्याथी बराबर एक शिक्षक पहाडमा ४५ बिद्याथी बरबार एक शिक्षक र तराईमा ५० बिद्यार्थी बरारब एक शिक्षक हुनु पर्ने भएपनी त्यो लागु हुन नसकेको प्रधानध्यापक बढुवाललको भनाई छ । 

आफुहरुले शिक्षक अभावमा सेक्सन कक्षा सञ्चालन गर्न नसकेका र १३८ बिदार्थी भएपनी एक शिक्षककले पढाउदै आएको बिद्यालय स्रोतले बताएको छ  । बिद्यालयमा ५८५ बिद्यार्था अध्यनरत रहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!