मितेरी समुहका अध्यक्षलाई छाउपडी सम्बन्धि तालीम

Posted on: 23 Jul, 2017


नन्द बहादुर रोकाया/साउन ८, मुगु । पुरुष तथा महिला मितेरी समुहका अध्यक्ष लाई छाउपडी सम्बन्धि तालीम  दिईएको छ ।  

जिल्लामा जरो गाडेर बसेको छाउपडी लाई न्युनिकरण गर्न पुरुष तथा महिला मितेरी समुह गठन गरी अध्यक्षहरु लार्ई छाउपडी सम्बन्धि तालीम  दिईएको हो । 

युरोपियन कमिसनको आर्थिक सहयोग तथा याक्सनवर्क नेपालको आयोजनामा जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं १०,११,र १२ मा गठन भएका पुरुष तथा महिला मितेरी समुहका अध्यक्ष लाई छाउपडी प्रथाले समाजमा र ब्यक्तिमा पारेको असर का बारेमा जानकारी गराउने उदेश्यले तालीम दिईएको हो । 

३ दिन सम्म सञ्चालीत तालीममा छायाँनाथ रारा नगरपालीकाका १०,११,र १२ नं वडाका पुरुष तथा महिला मितेरी समुहका ७ जना अध्यक्षहरुको सहभागिता रहेको  थियो । 

सहभागी मितेरी समुहका अध्यक्ष हरु लाई छाउपडी प्रथाले समाजमा ,स्वास्थ्यमा र ब्यक्तिगत रुपमा पारेको असर का बारेमा जानकारी गराईएको याक्सनवर्क नेपाल मुगु शाखाका अध्यक्ष धिरेन्द्र शाहीले बताउनुभयो । छाउपडी प्रथा न्यिुनिकरणका लागी याक्सनवर्क नेपालले जिल्लाका साविकाका ८ गाबिसमा कामगरीरहेको बताईएको छ । 

सहभागी मितेरी समुहका अध्यक्षले तालीमामा सिकेका कुराहरुलाई  व्यवहारमा लागु गर्दै समुदायलाई  तथा आप्ना सदस्य हरु लाई सिकाउने र छाउपडी न्युनिकरणमा लागी पर्ने बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!