माटो परिक्षण प्रयोगशाला प्रयोग विहिन

Posted on: 12 Sep, 2017


दान बहादुर बुढा/भदौ २७, मुगु । जिल्ला कृषि विकास कार्यालय मुगुले एक वर्ष अगाडी स्थापना गरेको माटो परिक्षण प्रयोगसाला प्रयोग विहिन भएको छ ।

२०७३ साल असोज महिनामा पूर्व कृषि राज्य मन्त्री राधिका तामाङ्ग मुगु आई उद्घाटन गरीएको मिनि ल्याप माटो प्रयोग साला प्रयोगमा नआउदा स्थापना गरिएको प्रयोगशालाका लागि पाँच लाख बढि मूल्यका उपकरण प्रयोग बिहीभएर थन्कीएका छन । 

माटो परिक्षणका लागि स्थापना गरिएको प्रयोगशालाका लागि दक्ष जनशक्ति नरहेको र केही सामान आउन बाँकि रहेकोले प्रयोगशाला सञ्चालनमा आउन नसकेको जिल्ला कृषि विकास कार्यालयका प्राबिधिक धर्म बहादुर शाहीले जानकारी दिए ।

प्रयोगशालाका लागि केही उपकरण आउन बाँकि रहेको तथा प्रयोगशाला कक्ष समेत राम्रोसंग नबनाएकाले आएका सामान उपकरणहरु पनि बोरामा थनकाईएको छ भने प्रयोगशाला सञ्चालनको पहल अहिलेसम्म गरिएको पाईएको छैन ।

यो माटो प्रयोग साला कर्णाली अञ्चलमा पहिलो र एक मात्र प्रयोग बिहीन माटो प्रयोग साला हो । राज्यको लगानि प्रयोगमा नआउदा न साज्उको लगाी रहर्ने नत कृषक हरुले सेवा पाउर्ने यस्ता गतिबिधीको अन्तय र प्रयोगमा ल्याउनको लागी सरोकार वालाको ध्यान जावस  भर्ने जिल्लामा माटो प्रयोग साला स्थापना गरीएको मुगु जिल्लाका कृसकहरुलाई थाहा पनि भएको छैनन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!