दशै खर्च जुटाउन लोपमुलक जातिका राउटे मुगुमा

Posted on: 15 Sep, 2017


दान बहादुर बुढा/भदौ ३०, मुगु । नेपाली हरुको महान पर्व बडा दशै नजिक आउदा नेपालैको लोपमुलक जातिमा राउटे दशै खर्च जुटाउनको लागी मुगु पुगेका छन ।

मानब जाति मध्य लोपमुलक जातिका राउटे नेपालको दौलेख जिल्लाको पानिपोखरीको घना जङ्गगलमा बस्तै आएका दुई सय भन्दा बढी जनसंख्या भएका राउटे हरु दशै खर्च जुटाउनको लागी ५ देखी ८ जनाको समुह बनाई । मुगु, जुम्ला, कालीकोट, दौलेख, जाजरकोट, हुम्ला, ,डोल्पा, सुर्खेत, नेपालगंज लगाएत बिभिन्न जिल्लाहरु बाट प्रतेक समुहले दुई लाख देखी तिन लाख सम्म रुपैया संकलन गर्ने उद्श्यले हिडेको र मुगु जिल्ला सदरमुकाममा ३ जना महिला र ४ जना पुरुस गरी ७ जनाले ३५ हजार भन्दा बढी रकम उठाएको टोली कमान्डर नारायरण बहादुर शाहीले बताएका छन ।

लोपमुलक जातिका राउटेहरुलाई मुगु छाँयाथान रारा नगरपालिकाले रु १२ हजार रुपैया दशै खर्चको लागी सह गरीएको र जिल्लामा रहेका बिभिन्न सरकारी गैरसरकारी संघ सस्थाहरुलाई दशै खर्चको लागी सहयोग गरी दिनहुन नगरपालिकाले अनुरोध गरीएको नगर प्रमुख हरीजङ्ग शाही बताएका छ ।

मुगु जिल्ला सदरमुकामा मात्र २ दिनमा सरकारी कार्यालय संघ सस्था र केहि व्यक्तिहरुको सहयोगमा ३५हजार भन्दा बढी रकम उठाएका छन । केही सरकारी कार्यालय संघ सस्थाहरुमा दशै खर्च उठाउन बाँकी रहेको टोली कमाण्डर शाहीले बताएका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!