बुवा र छोरीको नाममा धर्मशाला निमाण

Posted on: 26 Sep, 2017

नन्द बहादुर रोकाया/असोज १०,  मुगु । छायाँनाथ रारा नगरपालीका वडा नं ४ का तिन भाईले स्वर्गीय बुवा र छोरीको नाममा धर्मशाला निमार्ण गरेका छन । 

तिन भाई को संयुक्त लगानीमा बुवा रत्न बहादुर भाम र छोरी लगन माया रावलको सम्झनामा आर्यघाटमा धर्मशाला निमार्ण गरेका हुन । 

मुगुको सबै भन्दा ठुलो आर्यघाट का रुपमा रहेको भट्याचौर आर्यघाटमा गएका मलामीले पाईरहेको सास्ती र बुवाको मृत्यु अबस्थामा रहेको अन्ति ईच्छा अनुसार धर्मशाला निमाण गरीएको लक्ष्मी प्रसाद भामले बताउनुभयो । धर्मशाला निमार्णमा २ लाख लागत लागेको समेत उहाँले जानकारी दिनुभयो । 

आज सम्म कुनै पनी निकायले यस्तो काम नगरेको र तिन भाईले उदारणिय काम गरेको भन्दै स्थानीयले धर्मशाला निमाण गरी समाजिक काम गर्ने भाईहरु लाई धन्यवाद दिइएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!