ढुङ्गाले लाग्दा परिक्षा दिन हिंडेका छात्राको मृत्यु

Posted on: 01 Aug, 2018

नन्द बहादुर रोकाया | साउन १६, मुगु | मुगुको सोरु गाँउपालिका-८ कच्चे गाँउमा रहेको रारा माध्यमिक बिद्यालयमा प्रबेश परिक्षा दिन हिंडेका एक छात्राको माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ ।

साउन १९ गते संचालन हुने सब ओभसियरको प्रवेश परिक्षा दिन जार्दै गर्दा छाँयानाथ रारा नगरपालिका—८ दिपबहादुर बिष्टका १८ बर्षका छोरी सरला बिष्ट बिद्यालय जाँदै गर्दा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो । १९ गते संचालन हुने सब ओभसियर प्रबेस परिक्षा दिन घरबाट ५ घण्टा टाढाको रारा माध्यमिक बिद्यालयमा आज बिहान १० बजे खान खाएर साथीसंग हिडेका छात्रा बिष्टलाई गमगढी गिलाह सडक खण्ड अन्तर्गत छाँयानाथ रारा नगरपालिका—३ फुलिगाँउ नजिकको पाङ्ग्रे रुख भन्ने स्थानमा माथिबाट खसेको ढुङ्गालागेर मृत्यु भएको मृतकका आफन्तले बताएका छन ।

माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको खबर प्रहरीलाई जानकारी आउँदा बित्तिकै प्रहरी घट्ना स्थलमा पुगेको छ । टाउकोमा ढुङ्गा लागेर मृतक बिष्टको लास १ सय मिटर तल खसेको र लासलाई पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा ल्याउनका लागी प्रहरी र मृतकका आफन्त घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिम किरण बोकटीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!