मुगुमा बर्षा संगै आएको पहिरोले दुई घर भत्किए

Posted on: 08 Aug, 2018

नन्द बहादुर रोकाया, साउन २३, मुगु । मुगुमा  लगातारको बर्षा संगै आएको पहिराले दुई घर भत्किएका छन ।  पहिरोले पुरेर छायाँनथ रारा नगरपालीका भामवाडा गाउँका हस्त बहादुर भाम र लाल बहादुर रावललको घर पहिरोले भत्किएका हुन ।  सोम रात्ति वर्षापछि झरेको पहिराले हस्त बहादुर भामको तिन तल्ले १० कोठाको पक्की घर र लाल बहादुर रावलको तिन तल्ले ५ कोठे कच्ची घर पहिरोले कामनै नलाग्ने गरि पुरेको छ । १० कोठाको घर गर्न निमार्ण गर्न ३० लाख खर्च भएको बताउदै हस्त बहादुर भामले भन्नुभयो  यो कस्तो विडम्वना घर निमार्ण सम्पन्न भई बस्न नपाएर  घर भत्कियो । त्यस्तै समस्या लाल बहादुर राववल लाई पनी छ  घर निमार्ण गरेर एक बर्ष पनी राम्रो संग बस्न पाईएन  बेरोजागार छौ कसरी घर बनाउने हौ भन्दै लाल बहादुर लाई चिन्नताले सताउने गरेको बताए । पिडित परिवारले आपतकालीन सहयोग का लागी   जिल्लाका विभिनन निकाय सबैमा सहयोगार्थ अनुरोध समेत गरेका छन । पहिरोले घर पुरेपछी लाल बहादुर रावलले अर्काको घरमा बस्दै आएका छन भने  हस्त बहादुर भाम आप्नो पुराने घरमा बस्दै आएका छन । 






यस बिषयमा तपाइको प्रतिक्रिया...!