मुगुमा लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय बन्दै (हेर्नुस् ६ तस्बिर)

Posted on: 16 Aug, 2018

नन्द बहादुर रोकाया | साउन ३१, मुगु | मुगुमा लागुऔषध नियन्त्रण गर्न प्रहरी सक्रिय बन्दै गएको छ ।  जिल्लामा लागूऔषध कर्ता तथा दुर्व्यसनी बढ्दै जान थालेपछि प्रहरी सक्रिय हुन थालेको हो । 

जिल्ला प्रहरीकार्यलय मुगुले लागूऔषध नियन्त्रण गर्न अभियाननै थालेर काम गरिरहेको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ । लागूऔषधमा गाँजा पनी पर्ने भएकाले आज  मुगु सदरमुकाम गमगढीमा गाजाका बोट फडानी गरीएको छ । सदरमुकाम गमगढी छायानाथ रारा नगरपालिका १ स्थित महाकाली नमुना माध्यामिक विद्यालय पछाडी रहेका गाजाँका बोट फडानी गरेको  जिल्ला प्रहरी कार्यालय मुगुकका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।

मुगुमा पछिल्लो समय लागु औषध दुर्व्यसनी  बढ्न थालेपछि अबैध गाजा, धतुरो, अफिम, लगायत नष्ट गर्ने कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी निरीक्षक शर्माको भनाई छ । अब नियमित रुपमा गाजा, धतुरो, अफिम नष्ट गर्ने र केही दिनमै अबैध मधिरा बेचबिखन, जुवा तास पनि नियन्त्रण गरिने जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!