नगर सरसफाईमा छायानाथ रारा नगरपालिकाका यूवाहरु

Posted on: 18 Aug, 2018

दान बहादुर बुढा | भदौ २, मुगु | जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका अन्तरगत गमगढी बजार प्रबेश गर्ने थापा बोर्डिंग, जिल्ला प्रहरी कार्यालय मुनि, मिलन चोक केशव चौलागाईको घर नजिक, रेडक्रस नजिक, सिचाई कार्यालय नजिक, गमगढी बजारको दिनप्रति दिन बढी रहेको जनसंख्याले जताततै फोहोर बढेको हुँदा सुन्दर रारा नगरपालिका फोहोर हुँदै गएपछि नगर सफाईमा यूवाहरु  लागेका छन् ।

आज शनिबार पहिलो पटक ताल्चा बिमान स्थलबाट गमगढी बजार प्रबेश गर्ने थापाबोडिङ्ग नजिक रहेको २०/२५ कुइन्टल फोहोर छायानाथ रारा नगरपालिका कार्कीबाठा गाँउका स्थानिय यूवाहरुको १ जर्दन समुहले सरसफाई गरेका छन । नगरपालिका र वडा कार्यालयले सरसफाईमा प्रथामिकता कम देखाईएको भन्दै आफुहरु निस्वार्थ रुपमा सरफाईमा लागेको सरसफाइ अभियानकर्ता बाल कर्ण कार्कीले बताएका छन् ।


यस्तैगरी लामो समयसम्म सरसफई क्षेत्रमा काम गर्दै आएका मिन बहादुर रावलका अनुसार आज मात्र नभई प्रत्यक टोल-टोल बस्ती-बस्तीमा सरसफाई र जनचेतना मुलक कार्यक्रम गर्दै राराको  सुन्दर-नगर गमगढी बजारलाई सुन्दर नगर बनाउन यूवाहरु नियमित लागी पर्ने बताए ।


छायानाथ रारा नगरपालिकाले यो बर्ष सरसफाई क्षेत्रमा ठूलो बजेट बिनियोजन गरेको छ । गमगढी बजार लगाएत नगरपालिका भित्रका बस्तीहरुलाई सफा सुन्दर राख्नको लागी बिभिन्न सरसफाई सम्बन्धि नाटक, तालिम गोष्टी, सेमिनार, बस्ती टोल-टोलमा फोहोर ब्याबस्थापन गर्नको लागि डस्बीन समेतको ब्याबस्था गरिएको छायानाथ रारा नगरपालिकाले बताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!