तिर्थयात्रा गएका प्रहरी असईको लेक लागेर मृत्यु

Posted on: 24 Aug, 2018

नन्द बहादुर रोकाया | भदौ ८, मुगु | मुगु जिल्लाको प्रसिद्ध धार्मिकस्थलको तिर्थ यात्रामा गएका  एक जना प्रहरी असईको लेक लागेर मृत्यु भएको छ ।  छायाँना रारा नगरपालीका वडा नं १० गाईरिटाउन भन्ने ठाउँमा लेक लागेर दार्चुला जिल्ला महाकाली नगरपालीका वडा नं १ घर भएका अन्दाजि ४० बर्षका प्रहरी असई  देवेन्द्र सिहं धामीको मृत्यु भएको  हो । 

जिल्लाको प्रसिद्ध धार्मिक स्थल ऋण मोक्ष मन्दिर मा मुर्ति र पुजारीको सुरक्षाका लागी  हरेक बर्ष सुरक्षाकर्मि  ऋण मोक्ष मन्दिरमा जाने गर्दछन । यो बर्षपनी गहेको  आईत बार छायाँनाथ मन्दिर बाट ऋण मोक्ष भगवतीको मुर्ति लगि पुजारी सहित सुरक्षाकर्मि त्यस तर्फ प्रस्थान गरेका थिए । मगंलबार एक्कासी लेक लागेर प्रहरी असई धामि बिरामि भएका थिए । उहाँलाई उद्धारका लागि हरेक प्रयास गरेका भएपनी बचाउन नसकिएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले बताउनुभयो । उहाँका  अनुसार उद्धारका लागी हुम्लामा बाट कैलाश एयरलाईन्सको हेलिकप्टर दुई दिन झिकाईएपनी प्रतिकुल मौसमका कारण उद्धार गर्न नसकिएको उहाँको भनाई छ । 


उद्धारका लागी धेरै प्रयास गरेका भएपनी  नसकिएको र प्रहरीले स्टेचरको साहेतामा  बोकेर तल ल्याउदै गर्दा गाईरिटाउन भन्ने ठाउँमा आज बिहान ९ बजे मृत्यु भएको  प्रहरीको भनाई छ । मृतक धामीको दरवन्दी पश्चिम रुकुम भएको भएपनी हाल कार्यरत मुगुमा रहेको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!