कच्चे गाउँ मुगुको पहिलो मानव अधिकारमैत्री गाउँ घोषणा

Posted on: 19 Dec, 2018

नन्द बहादुर रोकाया | पुस ४, मुगु | मुगु जिल्लाको उत्तरी सोरुगाउँपालीका वडा नं ८ कच्चे गाउँ मुगु जिल्लाको पहिलो मानवअधिकारमैत्री गाउँ घोषणा भएको छ। एक्सनर्वक नेपाल तथा किर्डाक नेपालको सहयोग तथा सोरु गाउँपालीकाको आयोजनामा सोरुगाउँपालीका ८ कच्चे गाउँलाई पहिलो मानवमैत्री गाउँ घोषणा गरिएको हो । 

मानव अधिकारका विभिन्न २० वटा सूचक पूरा गरेको जनाउँदै कच्चे गाउँलाई  मंगलबार एक औपचारी कार्यक्रमको आयोजना गरी मानव अधिकारमैत्री गाउँ घोषणा गरिएको छ । घरघरमा मानव अधिकार शान्ति र विकासको आधार’ भन्ने नाराका साथ संघीय संरचनापछि कच्चे गाउँ मुगु जिल्लका चार स्थानीय तह र ४५ वडा मध्ये  पहिलो मानव अधिकारमैत्री गाउँ बन्न सफल भएको छ । ६४ घरधुरी रहेको कच्चे गाउँमा बालविवाहमुक्त, बालश्रममुक्त, खुला दिसामुक्त तथा पूर्ण सरसफाइयुक्त छ ।अनिवार्य तथा आधारभूत शिक्षामा पहुँच पुगेको, विद्यालय शान्ति क्षेत्र, साक्षर, पूर्ण जन्मदर्ता र पूर्ण खोपयुक्त, स्वास्थ्य संस्थाबाट निस्शुल्क औषधि पाएको, सबै घरमा करेसाबारी, धूवाँरहित चुलोलगायतले मानव अधिकारमैत्री घोषणा गरिएको सोरुगाउँपालीका वडा नं ८ का वडा अध्यक्ष जनक बहादुर रावलले बताए। सबै खालको विभेद अन्त्य भएको र मुगु जिल्लको एक नमुना गाउँका रूपमा विकास गरेकाले कच्चे बासीको यो उदारणिय सिकाई अन्य गाउँ तथा नगरले सिक्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर रोकायाले बताए । समाजमा छुवाछुत, अन्तरजातीय विवाह गर्दा समाजमा छिछि र दुरदुर गरेको सुनाउँदै पुरातन चेतनाबाट समाज माथि उठ्न सकेमात्र यस्को सार्थकता हुने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!