कुखुरा व्यवसायबाट मासिक १५ हजार आम्दानी

Posted on: 16 Jan, 2019

नन्द बहादुर रोकाया | माघ २, मुगु | पैसा पेशामा छ । आफ्नै गाउँठाउँमा बसेर उद्यम गर्न सकिन्छ, र कमाउन सकिन्छ । अनि अरुका लागि उदाहरणिय पनि बन्न सकिन्छ । मुगुको खत्याड गाउँपालिकामा एकजना यस्ता व्यक्ति छन् जसले कुखुरा व्यवसायबाट राम्रो कमाईरहेका छन् । 


खत्याड गाउँपालिका वडा नं  ९ नखर्जि गाउँका सर्पु लावड उमेर ३४ वर्ष पुग्नुभयो । उहाँको काम घरघरमा कुखुरा लगेर बेच्ने हो । कुखुरा फार्मबाट ल्याएको कुखुरा बेचेरै उहाँले छोरा छोरीलाई पढाई रहनुभएको छ । गुडनेर्वश ईन्टरनेशन्ल नेपालको आर्थिक तथा प्राविधिक सहयोग किर्डाक नेपाल द्धारा सञ्चालीत अल्टा फोर्स कार्यक्रम अन्तर सर्पुलाई ९ हजार सात सय पचास रुपैयाँ दिएका थिए । उहाँको कुखुरा व्यवसाय त्यहि पैसाबाट शुरु भएको हो । शुरुमा  ७ वडा कुखुरा बाट ब्याबसाय गरेका सर्पुले । घर बाट दुई घण्टा हिड्ेर कुखुरा फर्ममा पुगि  एक केजि बाफतको कुखरा लाई ३९० रुपैयामा किन्नी गाउँ भरी घुमाई ४५० मा बेच्ने गरेको सर्पुको भनाई छ । उनि भन्छन धेरै लगानी नभएपनि कमाई महिनाको १५ हजारसम्म हुन्छ । साना छोराछोरीले पढ्न पाएका छन् । त्यसमै सन्तुष्टि मिलेको छ । सानैमा आमा गुमाएका छोरा छोरी पनि बुबाको मिहनेत र मायाबाट खुशी छन् । 

तर सानै उमेरमा आमा गुमाएका छोरा छोरी आमा नहुदाँ दुखि देखिन्छन । अरुका आमा देख्छौ अरुका आमाले आफना छोरा छोरी लाई माया गरेका देख्दा मन भकानिन्छ हाम्री आमा भएको भएपनी यस्तै गरी माया गर्छिन होला जस्तोे लाग्छ जेठा छोरा अनिरुद्धले भने । संसार सबै पाईन्छ । आमा पाईदैन , यो संसारमा आमाको माया नपाउने लेखेको रहेछै भन्दै अनिरुद्धले दुखसो गरे । जसो तसो बुवाले यहि कुखुरा बेचेर हामि लाई पढाएका हुर्काएका छन ।आम दुवैको माया दिईएका छन । तर पनी आमाको यादले सताईरहने छोरी रुपकलीले बताईन । रुपकली भन्छन हामि लाई  हाम्रा साथि भाई हरुले । गिज्जाउछन , आमा नभएको भनी हेप्पछन दुख लाग्छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!