पहिरो जादा सदरमुका दुनै सहित १२ सय घरधुरि अन्धकारमा (फोटो फिचर)

Posted on: 17 Feb, 2019

टेकबहादुर शाही | फागुन ५, दुनै (डोल्पा) | दुर्गम हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा रहेको बिद्युत नहरमा पहिरो जादा बिद्युत सेवा बन्द भएको छ । सदरमुकाम दुनैमा रहेको जैरिगार बिद्युत उत्पादन केन्द्रको नहरमा गए राति ९ बजे पहिरो जादा बिद्युत सेवा अबरुद्ध भएको हो । 

कुल २०० किलोवाट क्षमता रहेको जैरिगार बिद्युत उत्पादन केन्द्रको नहरमा करिब ७० मिटर माथिबाट सुख्खा पहिरो खसेपछि बिद्युतको ६० मिटर नहर भत्काएर क्षतबिक्षत पारेको छ । 


गए राति ९ बजेतिर नहरमा पहिरो खसेपछि नहरमा राखिएका फलामका पाइप र नहर पूरै तहसनहस पारेपछि सदुरमुकाम दुनै सहित आसपासका १२ सय घरधुरी अन्धकारमा परेका छन । 

भिरालो पहराबाट सल्लाका रुखहरु,घर भन्दा ठुला ढुँगाहरु खसेपछि बिद्युतको नहर क्षतबिक्षत भएकोले निकै समय लाग्ने अनुमान गरिएको बिद्युत प्राधिकरण डोल्पा बितरण केन्द्रले जानकारी दिएको छ । 


पहिरोको कारण नहरमा राखिएका फलामका पाइपहरु सबै भाचिएका छन भने अधिकाँश पाहिरोमा पूरिएका छन । के कति लागत लाग्ने भन्नेबारे बिद्युत प्राधिकरणका प्राबिधिकले नै निकाल्ने र मर्मतको काम गरिने प्राधिकरणले जानकारी दिएको छ । 

पहिरो गएको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी,वडा अध्यक्ष सहितको टोली पुगेपछि पहिरोको अबस्था हेर्दा महिना दिन भन्दा धेरै लाग्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । 


कार्यालयको प्राबिधिकले भोली नै सबै क्षति र लाग्ने खर्चको बिबरण निकाल्ने र जनश्रमदान अनुदान गरेर जति सक्दो छिटो बिद्युत सँचालन गर्नमा लागि पर्ने प्रजिअ थापाले बताए । 

तत्काल सबै निकायको बैठक बसि कति अनुदान र कति जनश्रमदानबाट गर्न सकिन्छ एक निष्कर्ष निकालेर बिद्युत सेवा सञ्चालन गर्नमा स्थानीय सरकार लागि पर्ने ठुलीभेरी नगरपालिका ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले प्रतिबद्धता जनाए । 


वडा अध्यक्ष न्यौपानेले भने गाँउगाँउबाट जनताहरु बोलाएर भएपनि श्रमदानबाट बिद्यूतको नहर मर्मत गर्ने र सम्बन्धीत निकायलाइ दवाब दिने बताए । 

बिद्युत सेवा पहिरोको कारण बन्द भएपछि सरकारी तथा गैर सरकारी कार्यालयका कामहरु समेत प्रभाबित भएका छन । जेनेटर र सोलारबाट नागरिकका काम भै रहेका छन भने नागरिकहरु महगिको मारमा पर्ने भएको नागरिक समाज डोल्पाको दाबी रहेको छ । 


डोल्पा सदरमुकाम दुनै सहित आसपासका क्षेत्रमा बितरण गरिएको जैरीगार बिद्युत उत्पादन केन्द्रको नहरमा बर्षमा कम्तीमा २ पटक सम्म पहिरो जाने र बिद्युतका मेसिनहरु बिग्रने गरेका छन । 


तस्वीरमा: पहिरोले क्षतबिक्षत पारेको करिब ६० मिटर जैरिगार बिद्युत उत्पादन केन्द्रको नहर । तश्विर: टेकबहादुर शाही । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!