अटोको यात्रा गर्दै अपाङ्ग अपांग पुगे मुगु

Posted on: 31 Mar, 2019

स्वस्तिाका शाही | चैत १७, मुगु | गरे के हुदैन भन्ने आत्मबिश्वास बढउन सात जना शारिरिक रुपमा अपांग भएका ब्यक्ति अटोको यात्रा गदै मुगु पुगेका छन् । सडक दुर्घटना न्युनिकरणको मुद्धा बोकि जुम्लापछी ३९ औ जिल्लाकारुपमा आईतबार अपांगता भएका कलकार मुगु पुगेका हुन् । 

राष्ट्रिय अपाङ्ग सास्कृतिक प्रतिष्ठान काठमाडौको टोलि जिल्ला जिल्लाका ट्राफिक कार्यलयसंग सहकार्य गरी बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न सहयोग पुगोस भन्ने उदेश्यका साथ आज मुगु पुगेका छन । अपांगता भएका ब्यक्तिले पनी समाज रुपान्तरणमा योगदान दिन सक्छन भन्ने धारणा बोकि जोखिम सडकमा अटोको यात्रा गरी मुगु पुगेका राष्टिय अपाङ्ग सास्कृतिक प्रतिष्ठानका संयोजक आकाश विरही कान्छाले बताउनुभयो । 


देशभरी सडक दुर्घटना न्युनिकरण र अपांगताको हक अधिकारका बिषय जिल्ला जिल्लामा सांस्कृतिक कार्यक्रम गर्दै ३९ औ जिल्लाका रुपमा मुगु पुगेको राष्ट्रिय अपाङ्ग सास्कृतिक प्रतिष्ठानका संयोजक कान्छाको भनाई छ । 

उहाँका अनुसार प्रदेश नम्बर १ को ताप्लेजुङको पाथिभारा देविको दर्शन गरेर शुरु भएको देश दौडा यात्रा  आज पुगु पुगेको उहाँको बताउनुभयो । मुगुमा पनी लक्षीत समुदायमा क्षमता अभिबृद्धिका साथै, बढ्दो सडक दुर्घटना न्युनिकरणका बिषयमा सास्कृतिक कार्यक्रम गरिने संयोजक विरहिले बताउनुभयो । कार्यक्रम मंगलबार सदरमुकमा गमगढीको कृष्ण चोकमा गरीने जनाईएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!