मुगुमा हजारौं रोपनी जग्गामा पहिरोले मासेपछि वृक्षा रोपण

Posted on: 04 Aug, 2019

दान बहादुर बुढा | साउन १९, मुगु | मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ अन्तर्गत रहेको बुका खोलामा हजारौं रोपनी जग्गामा पहिराले आएपछि बल्ल बृक्षा रोपण सुरु गरेका छन । दुई दशक पहिला देखि अबिरल बर्षाका कारण आकासबाट आएको पानी र ताल्चा एयरपोट बाट आएको पानीले बुका खोला आसपासमा  रहेको भामबाडा गाँउका स्थानिय बासीको खेतीयोग्य जमिन पहिरोले बगाएर खेति योग्य जमिन मासिदै गए पछि पछिल्लो समयमा प्रत्यक बर्ष बिभिन्न प्रजातिका बिरुवाहरु लगाउदै आएको छन ।  

आज आईतबार बुका खोला सेतिवाडा नजिकै छायानाथ रारा नगरपालिकाको वडा कार्यालय देखि तल्लो भाग  स्थानिय बासी बाल क्लब ,आमा समुह,बाबा समुह,वडा नागरिक सन्जाल,र वडा नम्बर ४ को आयोजानमा कुनै पनि आर्थिक भार नपर्ने गरि २ सय बिरुवा उतिस, २सय रुईसका बिरुवा गरि ४ सय बिरुवा रोपिएको र प्रत्यक वर्ष ४सय देखी १ हजार सम्म बिरुवा लगाउर्ने कार्ययोजना बनाएको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का वडा अध्क्षय बिस्नकुमार भामले बताएका छन । 


सुक्खा भिरालो जमिन भएको हुदा ताल्चा एयरपोट देखीको पालि बुका खोलामा आउर्ने भएको हुदा स्थानिय बासीहरुको हजारै रोपनिको खेति योग्य जनिम खेराजाने भएको हुदा पहिरो रोक थामको लागी आवसेक बजेट ब्यबस्थापनको लागी केन्द्र सरकार,प्रदेश सरकार र स्थानिय सरकारसंग पनि पहल गरिएको छ । स्थानिय वडा तहबाट गर्न सकिने ब्यबस्था नियमित पहल गर्ने अध्यक्ष भामले बताएका छन ।

पुर्खा देखी  कोदो,धान,लगाएत अन्उ अन्न बालि खेति गरि जिवन जिवाह गर्ने यहिँ बुका खोलामा हो त्यतिखेर पानि नआउर्ने हुदा बुका खोला नाम राखेको हो, पछिल्ला समयमा ताल्चा एयरपोट देखिको पानि आउर्ने भएको हुदाँ सबै खेति योग्य जमिन पहिरोले खाई सकेको छ । अन्य स्थानिय बासीका कालपाल्त देखी चाक्टे बगर सम्मका २ दर्जन भन्दा बढी घर र एक आधारभुत सेतिबाडा बिद्यालय समेत पहिरोको उच्च जोखीममा रहेको छायानाथ रारा नगरपालिका वडा नम्बर ४का स्थानियबासि जयलक्ष्मी भामले बताएका  छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!