मुगुका अधिकांश प्रहरीको ढाड दुख्ने समस्या

Posted on: 11 Dec, 2019

दान बहादुर बुढा | मंसिर २५, मुगु | जिल्ला प्रहरी कार्यालय मागुमा मंगलबार सन्चालन गरिएको एक दिने स्वास्थ्य जाँच कार्यक्रममा चेक गरेका अधिकांश प्रहरीका ढाड दुख्ने समस्या देखीएको छ | सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजना र जिल्ला प्रहरी कार्यालय मुगुको सहजिकरणमा सन्चालन भएको एक दिने नीशुल्क शिविरीमा प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य परिक्षण गरि उद्घाटन गरिएको हो |


 मुगु जिल्लामा रहेका ५४ जना प्रहरीलाई चेकजाँच गर्दा धेरैलाई ढाड दुख्ने समस्या देखीएको छ | बिशेष गरि चिसोको कारण डिउटी गर्नु पर्ने, फिजिकल कम हुर्ने भएको हुदा यो समस्या आएको हो । एक दिने शिविरमा स्थानीय र प्रहरी गरि जम्मा २ सय ७ जनालाई चेक जाच गरिएको छ | जस मध्ये ५४ जना प्रहरी १ सय ५३ जना स्थानिय मध्ये १ सय २२ जना महिला ५८ पुरुष ३६ जना बालबालिकालाई चेक गरेको स्थानीय महिलाहरुमा ग्यास्टीक,पेट दुख्र्ने ,दम,कान पाक्ने, दात,आखाको समस्या देखिएको एक दिने शिविरमा संलग्न डाक्टर मेडिकल अधिकृत बिशाल जé ठकुरीले बताए |


एक दिने शिविरका नाक,घाटी,कान,दात,आखा,पेट,ग्यास्टीक,दम,जुका,सामान्य दाग,लगाएत अन्य रोगको औषधी गरि जम्मा २५ प्रकारको औषधी निःशुल्क बितरण तथा स्वास्थ्य सल्लाह दिएको र बिकट जिल्लाहरुमा आएर स्वास्थ्य सेवा दिन पाएकोमा आफु निकै खुशि भएको स्वास्थ्य शिविरमा संग्लग्न रहेका बिर्ख बहादुर भण्डारीले बताएका छन | भण्डारीका अनुसार यो निःशुल्क शिविर कर्णालीका सबै जिल्लामा सन्चालन गर्ने समेत बताएका छन |


नेपाल प्रहरीले एक दिने शिविरमा औषधी उपचार गर्न पाएकोमा स्थानिय छायानाथ रारा नगरपालिका वडा नम्बर १० बस्ने स्थानिय नानी बुढा निकै खुसी भएको बताउछिन् | गाँउमा औषधी नपाइने दौन बजारमा महँगो मूल्यमा औषधी उपचार गर्नुपर्ने हुन्थो, औषधी पनि नि शुल्क पाईयो, चेकजाच पनि गरियो, उनले भनिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!