मुगुमा हिमपात सडक र हवाई सेवा बन्द

Posted on: 23 Feb, 2020

दान बहादुर बुढा | फाल्गुन ११,मुगु | नेपालको उच्च हिमाली जिल्लाको रुपमा चिनिएको मुगु जिल्लामा फेरी भारी हिमपात हुदा सडक र हवाई सेवा बन्द भएका छन । शुक्रबार बिहान देखी परेको हिमपातले नाग्म गमगढी सढक खण्ड र  मुगु हुम्ला,डोल्फा,जुम्लामा आज हवाई सेवामा समेत बन्द भएका छन |


मुगु जिल्लाको उच्च बस्ती मुगु डोल्फु,चितै,दाउरा,रिउस,रोवा सोभा, बाम,पिना,रारा,सोरुकोट,धैन।सेरी जाम,श्रीकोट,खमाले,कवा,लगाएतका बस्तीहरुमा भारी हिम पात परेको छ । हिमपात हुदा बाल बच्चा ,बुढा बुढीहरुलाइ,पशु पन्छी,चौपाएलाई निकै समस्या भएको हो | हिउपातले बन्द भएको नाग्म गमगढी सडक खण्डा केही दिन अधि मात्र सन्चालनमा आएको थियो | पुर्न शुक्रबार परेको हिमपातले सडक बन्द भएपछि नेपालगंज,सुर्खेत बाट मुगु आउर्ने बालबाहक गाढी जुम्लाको गोठिज्यूलामा रोकीएको ब्यापारी रबि रावतले बताएका छन |


हिमपात हुँदा उच्च बस्तीका मानिसहरुको जनजिवनमा प्रभाव पारेको छ भर्ने एकातर्फ अर्कोतर्फ कृषकहरु समयमा पानि पर्दा निकै खुसी भएका छन । गर्त बर्षमा यही समयमा पानि नपर्दा हिउदे लगाएको अन्न बालि जै,गहुँ,उवा,बालिमा समस्या आएको स्याउका बोट बिरुबा लगाउदा र काटछाट गर्दा निकै समस्या भएको यो बर्ष आज आएको पानिले कृषकहरुलाई निकै राम्रो भएको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ ताल्चका कृषक कर्ण बहादुर भामले बताएका छन | 

शुक्रबार आएको हिमपातले एक दुई दिनको लागी केही मानबिय जिवनमा सामान्य असर पारेपनि कृषहरुलाई निकै राम्रो गरेको छ । कृषकले लगाएका अन्न बालिमा राम्रो उत्पादन हुर्ने फलफुलमा पनि राम्रो उत्पादन हुने कृषि विकास कार्यालयका कार्यालय प्रमुख केबी रोकायाले बताएका छन |


यस बिषयमा तपाइको प्रतिक्रिया...!