मुगुमा ४ सय २७ जनाको पिसिआर रिपोर्ट आयो (५ तश्वीर सहित)

Posted on: 10 Jun, 2020

दानबहादुर बुढा | जेठ २८, मुगु | मुगुमा ४ सय २७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । २७ गते मुगुका तीन स्थानिय तहमा रहेका क्वारेन्टटाईनमा बस्दै आएका ५ सय ३५ जनाको स्वाव संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा परिक्षण गर्दा ४ सय २७ जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ । 

कार्यालयका अनुसार छिमेकी देश भारत तथा तेश्रो मुलुक बाट र अध्यान अध्यापन गर्न जिल्ला भन्दा बाहिर गएका व्यक्हिरुको  स्वाव संकलन गरि प्रयोगशालामा परिक्षण गर्दा संकलितहरुको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटिले बताए । 

जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका १ सय १५ जनाको कोरोना भाईरस कोभिड १९ का स्वाव परिक्षण गर्दा रिपोट नेगेटिभ आएको हो । यसको तिन दिन अगाडी परिक्षणको लागि जुम्लामा पठाइएको थियो । 

यस्तै जिल्लामा रहेका ३ वटा स्थानिय तहमा क्यारेन्टटाईनमा बस्दै आएका ५ सय ३५ जना लगाएत सुरक्षा क्रर्मि,स्वास्थ्य कर्मि गरि सोमबार मुगु जिल्लामा रहेको सोरु गाँउपालिका १सय ७० जना मध्येको ७५ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ भने ९५ जना रिपोट आउन बाँकि रहेको छ ।

त्यस्तै  खत्याड गाँउपालिका २ सय ४३ जना मध्ये २ सय २० नेगेटिभ आएको छ भने २३ जनाको रिपोट आउन बाँकि रहेको डाक्टर नगरकोटिकले जनाएका छन । मुगु जिल्ला बाट पठाइएका ५ सय ३५ स्वाव मध्ये १ सय ८ जनाको परिक्षण गर्न बाँकि रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । 

सदरमुकाम गमगढी बजारमा रहेको श्री महाकाली नमुना माद्यमिक विद्यालयमा बसेका जम्मा ७४ जना लाई आज सबैको रिपोट नेगेटिभ आउदा घर फर्काईएको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले जानकारी दिए । शाहीका अनुसार छिमेकि देश भारत बाट आएका १० जना हाल सोही क्वाराईन्टाईनमा राखीएको शाहीले बताएका छन । आज घर गएका २३ महिला र ४८ पुरुष रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!