मुगुमा आगलागीबाट पाँच घर जले नष्ट

Posted on: 27 Nov, 2020

दान बहादुर बुढा | मंसिर १२, मुगु | मुगुको खत्याड गाउँपालिका ३ रोल गाउँमा आगलागी हुँदा पाच घर जले खरानी भएका छन् | बिहीबार दिउँसो भएको आगलागीमा  ३० लाख भन्दा बढीको क्षेती भएको अनुमान गरिएको छ |

आगलागीबाट रोल गाउँका हस्तबहादुर शाहीको तीन तले पक्की घर पुर्ण रुपमा जलेर नष्ट भएको छ | त्यस्तै होमबहादुर शाहीको पनि तीन तले  पक्की घर, डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ  |

खत्याड गाउपालिका वडा नं ३ सुनकौरा सिंहको दाहिने हात सामान्य रुपमा जलेको प्रहरी निरिक्षक नरेश विकले जानकारी दिए | आगलागी केकति कारणले भयो भन्ने खुलेको छैन | उनले भने, "आगलागी के कति कारणले भएको हो त्यो खुलेको छैन |"

उनका अनुसार,आगलागीबाट धनसम्पत्ति, लत्ताकपाडा, भाँडाकुँडा, काठका खाट, दराज जलेर नष्ट हुँदा करिब करीब ३० लाख भन्दा बढी रकमको क्षेतिभए छ |

श्रीकोट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णु सेजुवालको नेतृत्वमा खटिएको टोली, रोल श्रीकोट र सैन गाउँका स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ  | आगलागीबाट सम्पूर्ण खानेकुरा समेत जलेर नष्ट भएको हुँदा पिडित स्थानीयको घरमा बसेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!