हावाले छानो उडाएपछि खुला आकाशमा पढ्दै विद्यार्थी

Posted on: 01 Mar, 2021

दान बहादुर बुढा । फाल्गुन १६, मुगु । हिमाली जिल्ला मुगुमा रहेको एक बिद्यालयमा हावाहुरीले छाना उडाएपछि बिद्यार्थिहरुलाई पठनपाठनमा समस्या आएको छ । हावाले छानो उडाए पछि खुला आकासमा पठनपाठन गर्न विद्यार्थी बाध्य भएका छन् । 


जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं  ६ लिउडी गाउमा रहेको श्री मष्टाको आधारभुत बिद्यालयमा बुधबार दिनको एक बजे चलेका हावाहुरीले बिद्यालयको पठनपाठन गर्ने २ कोठा भएको भवन हावाले छाना उडाउदा छाना उडाउदा पठनपाठनमा समस्या आएको विद्यालयले जनाएको छ । 


विद्यालयका हावाले विद्यालयको छाना उडाउनुका साथै पर्खाल पनि भत्काएको छ भने लाखौं  मून्य बरावरको क्षेत्री भएको श्री मष्टाकोट आधारभूत बिद्यालय लिउडीका प्रधानध्यायापक तुल बहादुर कार्कीले बताए । उनका अनुसार यस बिद्यालयमा रहेका २२ जना  बिद्यार्थिहरुलाई पठनपाठन गर्न समस्या आएको र वायुप्रदुषणले गर्दा पनि विद्यार्थी शिक्षक लगायत लाई थप सास्ती हुने प्रधानाध्यापक बुढाको भनाई छ । हावाले छाना उडाउदा कुनै पनि मानविय क्षेति नभएको जानकारी गराए  ।  

बिद्यालयको भवन हुदा हावाहुरी ,हिउँ, पानि ,गर्मि समयमा भवन भित्र सुरक्षाका साथ बसेर पठनपाठन गर्ने गरेका थियौं बुधवार एक्कासि  आएको हुरीले बिद्यालयको छानानै उडाए पछि बिद्यार्थिहरुलाई पठनपाठनमा  निकै समस्या भएको उनले दुखुसो पोखे । 

हिजो आजको समयमा हावा हुरी चल्ने सुख्यायाममा  हावा , हुरी आगलागी सम्बन्धि बढी घटना हुनसक्र्ने भएको  हुदा कुनै घटना हुदा बितिकै जिल्ला दैबिक प्रकोप उद्धदार समिति अर्थात जिल्ला प्रशासन कार्यालय मुगुमा जानकारी गराउन  र सहज रहनको लागी जिल्ला दैबिक प्रकोप उदार समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख चन्द्र बहादुर शिवाकोटीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!