प्रदेशसभामा एमालेले खोल्यो मुस्ताङबाट खोल्यो खाता, इन्द्रधारा विष्ट विजयी

Posted on: 08 Dec, 2017

मंसिर २२, काठमाडौं । वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

मंसिर १० गते सम्पन्न मतदानको मतगणना बिहीबार साँझ ५ बजेबाट सुरु भएको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित विष्टले ११६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङधावा गुरुङले ६५७ मत ल्याएका छन् ।


यसैगरी मुस्ताङको प्रदेशसभा ‘ख’ मा पनि वाम गठबन्धनबाट एमाले उम्मेदवार महेन्द्रबहादुर थकालीले अग्रता लिइरहेका छन् भने भने प्रतिनिधिसभा तर्फबाट पनि वाम गठबन्धनकै उम्मेदवारको अग्रता छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!