कांग्रेसको दावी क्षेत्रमा बामगठबन्धनबाट पहिलो निर्वाचित सांसद बने तुलाचन

Posted on: 08 Dec, 2017

मंसिर २२, काठमाडौं । बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यससँगै प्रतिनिधिसभा निर्वाचनमा खाता समेत खोलिएको छ । तुलाचन मुस्ताङबाट निर्वाचित भएका हुन् ।

तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत पाएका थिए । कांग्रेसको जित सुनिस्चित मानिएको यस क्षेत्रलाई बाम गठबन्धनले आफ्नो पक्षमा पार्न सफल बनेको छ । 

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थकाली बिजयी भएका थिए । उनी त्यसपछि मन्त्रीसमेत भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!