तीन दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७०० मुस्ताङबासी लाभाविन्त

Posted on: 12 Jan, 2017

पुस २८, मुस्ताङ । थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट करिब ७०० जना लाभाविन्त भएका छन् । 

कोबाङमा यही पुस २५, २६ र २७ गते आयोजना गरिएको निःशुल्क शिविरमा १२ जना चिकित्सकले मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, जोमसोम, लेते, कोबाङका करिव ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको र एकै स्थानबाट स्वास्थ्य परीक्षणसहित विशेषज्ञ सेवा प्रदान गरिएको स्वास्थ्यकर्मी परिवारका अध्यक्ष विश्व शेरचनले बताउनुभयो । 

प्रेसर, युरिक एसिड, सुगर, हेपाटाइटिस, हाडजोर्नीजस्ता समस्या बढी देखिएको सो शिविरमा प्रेसरका बिरामीलाई तीन महिनासम्म निःशुल्क औषधि वितरण र ४०० जनाको भिडियो एक्सरे गरिएको अध्यक्ष शेरचनले जानकारी दिनुभयो । 

मायाँ भट्टचन, विनोद शेरचन, कविन भट्टचन, गोमा शेरचन, गोपी हीराचन, राजेन्द्र शेरचन, बिपी भट्टचनलगायतका चिकित्सकले शिविरमा सेवा सोवा पु¥याएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!