प्रदेशसभा सदस्यलाई सुनको लोगो, पहिलेका लोगो भन्दा ३३ गुणा महँगो

Posted on: 28 Jul, 2019

साउन १२, काठमाडौं । गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुनजडित सो लोगो चीनबाट ल्याइएको हो । 

यस अगाडि प्रदान गरिएको  लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ । लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ । 

यसअघिको लोगोको मूल्य १९५ रुपियाँ मात्र थियो । नयाँ लोकोको मूल ६ हजार ५०० छ  । लोगोधित्र प्रयोग गरिएको धानको बाला सुनको रहेको छ ।

लोगो तथा सिफारिस समितिले गत साल गण्डकी प्रदेशको लागो सार्वजनिक गरेको थियो । यो समाचार गोखरखापत्र दैनिकमा रमेश पौडेलले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!