सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on: 22 Jan, 2019

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । 

प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाउनुभयो । उहाँले सरकारलाई काम गर्न उचित समय भए पनि बहुमतको दम्भका कारण काम हुन नसकेको बताउनुभयो । वर्तमान सरकारले विकास, सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्न नसकेको उहाँको आरोप थियो । 

उहाँले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा संवैधानिक परिषद्बाट हुने कानूनी व्यवस्था रहे पनि विपक्षीदलको नेताको अनुपस्थितिमा भएकोप्रति आक्रोशत व्यक्त गर्नुभयो । नेता पौडेलले सरकारको शिक्षा र स्वास्थ्यमा ठूलो लगानी भए पनि गुणस्तरीय सेवा पाउन नसकेको बताउनुभयो । “शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्न सरकारको ध्यान पुग्न सकेको छैन,” उहाँले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!