समाज | म्याग्दी - MGD


अन्नपूर्ण हिमाल आरोहीलाई सम्मान

Posted on April 20, 2021 | views : 1291 | म्याग्दी - MGD

वैशाख ७, म्याग्दी । यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख

Read More

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

Posted on April 05, 2021 | views : 1341 | म्याग्दी - MGD

चैत २३, म्याग्दी।अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ ।  समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर

Read More

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

Posted on March 29, 2021 | views : 1071 | म्याग्दी - MGD

चैत १६, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । पर्यटन विभागले ठेक्कामार्फत अन्नपूर्ण, नीलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु गरेको हो ।  विभागका इञ्जीनियर सचिन्द्रदेव यादवले रु

Read More

विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने

Posted on March 25, 2021 | views : 3991 | म्याग्दी - MGD

चैत १२, म्याग्दी (रासस) ।  म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मा

Read More

भिसा सकिएका पर्यटक आफ्नो देश फर्कन् मानेनन्

Posted on March 22, 2021 | views : 1741 | म्याग्दी - MGD

चैत ९, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन् । उ

Read More

जङ्गलमै पुरिए म्याग्दीका तामाखानी

Posted on March 10, 2021 | views : 1088 | म्याग्दी - MGD

फागुन २६, म्याग्दी । म्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका  धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन नसक्दा व

Read More

वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

Posted on March 05, 2021 | views : 1291 | म्याग्दी - MGD

फागुन २१, म्याग्दी | झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसर्मपण गर्नुभएको छ । नक्कली छोरीको जन्मदर्ता गर्नुभएकी सचिव आले र सिफारिस गर्नुभएका वडाध्यक्ष पुनविरुद्ध प्र

Read More

बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते

Posted on February 26, 2021 | views : 1420 | म्याग्दी - MGD

फागुन १४, म्याग्दी | म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नाय

Read More

मतदाता नामावली अद्यावधिक शुरु

Posted on February 10, 2021 | views : 1983 | म्याग्दी - MGD

माघ २८, म्याग्दी । जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिलाई तीव्र बनाएको छ । स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेर ल्याएको विवरणअनुसार मतदाता नामावली अद्यावधिक शुरु गरिएको हो । वडा सचिवमार्फत सहायक नाम दर्ता अधिकारीले सङ्

Read More

संसारका १०० जना प्रभावशाली महिलाको सूचीमा सपना, आत्मविश्वासले बदलिएको जीवन

Posted on November 25, 2020 | views : 1995 | म्याग्दी - MGD

सन्तोष गौतम । मङ्सिर १०, म्याग्दी । चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको

Read More

अन्नपूर्ण गाउँपालिकाको कार्यालय एक हप्ताका लागि बन्द

Posted on November 18, 2020 | views : 1604 | म्याग्दी - MGD

मङ्सिर ३, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराउनुभएको छ । कात्तिक २८ गते गाउँपा

Read More

स्वास्थ्य एकाइले दुर्गममा स्वास्थ्य सेवामा पहुँच बढ्यो

Posted on November 17, 2020 | views : 1599 | म्याग्दी - MGD

मङ्सिर २, म्याग्दी | म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका नरप्रसाद पुन बिरामी हुँदा पूरै दिन हिँडेर मुदीस्थित स्वास्थ्यचौकीमा पुग्नुपर्ने समस्या हटेकामा खुशी हुनुहुन्छ । गाउँपालिकाले भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि ६० घरधुरीका बासिन्दा लाभान

Read More

म्याग्दीमा नदीमा डुबेर किशोरको मृत्यु

Posted on November 11, 2020 | views : 1503 | म्याग्दी - MGD

कार्तिक २६, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो । सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट

Read More

म्याग्दीको सदरमुकाम बेनीको बजार ११ दिनपछि खुला

Posted on November 11, 2020 | views : 1508 | म्याग्दी - MGD

कात्तिक २६, म्याग्दी । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार र सेवा ११ दिनपछि खुलेको छ । लक्षणसहितका कोरोना सङ्क्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्ब्याइएको थियो ।&nb

Read More

म्याग्दीका एक हजार घर स्थानान्तरण गर्न सिफारिस

Posted on October 31, 2020 | views : 1307 | म्याग्दी - MGD

कार्तिक १५, म्याग्दी । पहिरोबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका ८१ वटा बस्तीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ । गत असार महिनायताको पहिराका कारण पूर्ण क्षति भएका घर पुनःनिर्माण र जोखिमयुक्त ठाउँमा रहेका बस्ती तथा घर स्थानान्तरणका लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले

Read More

भीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ

Posted on October 25, 2020 | views : 2876 | म्याग्दी - MGD

कात्तिक ९, बलेवा | “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैँ आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वासुदेव आचा

Read More

मोबाइलको टावर टिपाउन रुखमा...

Posted on September 26, 2020 | views : 1600 | म्याग्दी - MGD

असोज १०, म्याग्दी | म्याग्दीको भौगोलिक रूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न घन्टौं हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ ।  म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले र चिमखोला, धवलागिरि गाउँपालिकाको लुलाङ, मल्कवाङ र बगर

Read More

पहिरो पीडितको पीडा– टहराको बास र मागेको गाँस कहिलेसम्म ?

Posted on September 25, 2020 | views : 1409 | म्याग्दी - MGD

धुर्वसागर शर्मा । असोज ९, गलेश्वर । चारैतिर फैलिएका हरिया पहाड, दायाँ र बायाँतर्फ वर्षातको भेल उर्लेर आउने ठूलो र सानो खोला । यही केही भिरालो जमिनमा अवस्थित थियो म्याग्दीको मराङ गाउँ । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मा पर्ने मराङ ब्राह्मण, क्षेत्री, दलितलगायत धेरै जनजातिको मिश्रित वसोवास रहेको एक

Read More

म्याग्दीको बेगखोलामा पुल नबन्दा सास्ती

Posted on September 25, 2020 | views : 1213 | म्याग्दी - MGD

असोज ९, म्याग्दी । भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण–१ दोवाकी कुमारी शेरचनले ३० गते राति बाटोमै सुत्केरी हुनुभयो । दोवाबाट कुमारी चढेर आएको जीप रघुगङ्गा–१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै रोकएपछि असुरक्षितरूपमा सुत्केरी हुनुपरेको हो । “कुमा

Read More

म्याग्दीको चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गा खोजी

Posted on September 20, 2020 | views : 1542 | म्याग्दी - MGD

असोज ४, म्याग्दी । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी शुरु भएको छ । भिरालो पाखोमा रहेको चौरखानीमा पहिरोको जोखिम बढेपछि सुरक्षित ठाउँमा स्थानान्तरणका लागि गाउँपालिकाले जग्गाको खोजी थालेको हो ।  गाउँको फेदीदेखि शिरसम्मको जमि

Read More

४५० वटा कालिजका चल्ला भएका फार्ममा पसेको चितुवा नियन्त्रणमा

Posted on September 12, 2020 | views : 1672 | म्याग्दी - MGD

भदौ २७, म्याग्दी | म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो ।  डार्टगनको सहायताले लठ्याउने स

Read More

गण्डकीमा १७ सङ्क्रमित थप, कुन जिल्लामा कति ?

Posted on September 11, 2020 | views : 3155 | म्याग्दी - MGD

भदौ २६, कास्की | गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।  थपिएकामध्ये पोखरा महानगरपालिकाका दुई, तनहुँको शुक्ला गण्डकीका एक, स्याङ्जा पुतलीबजार नगरपा

Read More

म्याग्दीको १० घरघुरी पहिराका कारण उच्च जोखिममा

Posted on September 09, 2020 | views : 1388 | म्याग्दी - MGD

भदौ २४, गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको राम्कुलीबोटमा पहिरो जाँदा १० घरधुरी उच्च जोखिममा परेका छन् ।  बस्ती माथिबाट खसेको पहिरोका कारण बस्ती नै जोखिम परेको हो । सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासीको भनाइ छ । “गाउँको सिरानमा पहिरो आएकाले बस्ती नै जो

Read More

कोरोनाको कहरले सुनसान छ बेनीको बजार

Posted on August 31, 2020 | views : 1720 | म्याग्दी - MGD

भदौ १५, गलेश्वर । बेनीको बजार, जता माया उतै छ नजर ... किरेमिरे जाले रुमाल ।   चर्चित यी  गीतमा हरफमा भनिए झैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको अभावमा सुनसान बनेको छ । पर्यटकको भीडले खचाखच हुने बेनी बजार कोभिड– १९ को सङ्क्रमणको त्रास

Read More

तातोपानीले कोरोना जितिन्न: भाइरोलोजिष्ट खड्का

Posted on August 31, 2020 | views : 1638 | म्याग्दी - MGD

भदौ १५, बलेवा | नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराउनुभएकी उहाँलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक

Read More

‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा

Posted on August 26, 2020 | views : 1571 | म्याग्दी - MGD

भदौ १०, म्याग्दी । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच भएको कुराकानीको अडियो बाहिरिएपछि सेटिङमा शि

Read More

जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ

Posted on August 25, 2020 | views : 1692 | म्याग्दी - MGD

भदौ ९, म्याग्दी । बीस वर्षअघिको कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक व्यक्ति पक्राउ परेका छन् । धवलागिरि गाउँपालिका–३ ९साविक मुना गाविस–७० दरका ४४ वर्षीय चन्द्रबल घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई म्याग्दी जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएक

Read More

एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफसका बिरामी

Posted on August 25, 2020 | views : 1457 | म्याग्दी - MGD

भदौ ९, म्याग्दी । म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु र स्क्रबटाइफस भएको हो ।  बेनी नगरपालिका–४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका–५ पुलाचौरकी २२ वर्षीया महि

Read More