म्याग्दीको मालिका गाउँपालिका–६ मा सामुदायिक भवन निर्माण

Posted on: 01 Dec, 2018

मङ्सिर १५, म्याग्दी | म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेँसीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर सामुदायिक भवन निर्माण गरेका छन् । दुखुबेँसीमा रहेको जनहित आमा समूहको अगुवाइमा सभाहलसहितको एकतले दुईकोठे भवन निर्माण भएको हो । स्थानीयवासीबाट करीब रु १८ लाख चन्दा सङ्कलन गरेर सरकारी निकायको सहयोगबिनै भवन निर्माण गरिएको आमा समूहकी अध्यक्ष डिलमाया पुनले बताउनुभयो । 

भवन निर्माणका लागि स्थानीय टेकबहादुर रोकाले करीब डेढ रोपनी जग्गा सहयोग गर्नुभएको थियो । भवन निर्माण भएपछि भेला, बैठक, तालीम, गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज भएको छ । व्यक्तिको आँगन र चौरमा बैठक बस्नुपर्ने समस्या हटेको छ । 

समुदाय परिचालनमार्फत सामुदायिक भवन निर्माण गरेर दुखुबँेसीवासीले विकासमा जनसहभागिताको नमूना प्रस्तुत गरेका स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!