अर्थ/विकास | म्याग्दी - MGD


म्याग्दीको ताकममा बिशाल ढुङ्गाखानी भेटियो

Posted on February 05, 2017 | views : 953 | म्याग्दी - MGD

माघ २३, म्याग्दी (बेनी) | पश्चिम म्याग्दीको ताकम गाविस–८ मच्छिममा सडक विस्तारका क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ ।  जिविस, म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी भेटिएपछि स्थानीयवासी उत्साहित भएका छन् । घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनम

Read More

विद्यालय पूर्वाधार निर्माणका लागि दुई करोड सहयोग

Posted on January 23, 2017 | views : 659 | म्याग्दी - MGD

माघ १०, म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पूर्वाधार निर्माणका लागि एक संस्थाले करिब रु दुई करोड सहयोग गरेको छ ।  गोर्खा वयलफेयर परियोजनाले तीन वटा विद्यालयको नयाँ भवन निर्माण र चार वटा विद्यालयको भवन मर्मतका लागि रु एक करोड ८६ लाख सहयोग गरेको हो ।  मुदीको व

Read More

म्याग्दीमा जलविद्युत् आयोजनाको काम तीव्र

Posted on January 19, 2017 | views : 780 | म्याग्दी - MGD

माघ ६, म्याग्दी । सवस्टेसन र प्रसारण लाइन निर्माण सुरु भएपछि म्याग्दीमा जलविद्युत् आयोजनाको कामले गति लिएको छ ।  नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेसन तथा ३८ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरेपछि लामो समयदेखि रोकिएको जल

Read More

तीन करोडको लागतमा खानेपानी आयोजना सुरु

Posted on January 14, 2017 | views : 400 | म्याग्दी - MGD

माघ १, म्याग्दी । बेनी नगरपालिका २ र ३ मा करिब रु तीन करोडको लागतमा ज्यामरककोट, अर्जन, रत्नेचौर खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ ।  खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय म्याग्दीमार्फत निर्माण सुरु भएको आयोजनाबाट भकुण्डे र अर्जमका ३६७ घरधुरी लाभान्वित हुने जनाइएको छ । रु दुई करोड

Read More

म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको भवन योजनामा ढिलासुस्ती

Posted on December 30, 2016 | views : 571 | म्याग्दी - MGD

पुस १५, बाबियाचौर (म्याग्दी) । राहुघाट जलविद्युत् आयोजनाको पिप्लेमा निर्माणाधीन आवासगृह र कार्यालय भवन योजना ढिलासुस्तीको नमुना बनेको छ । अठार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना पाँच वर्षमा पनि पूरा हुन नसकेको हो ।  नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजन

Read More

म्याग्दीमा बाढीपीडितको पुनःस्थापनाका लागि तीस लाख जुट्यो

Posted on December 12, 2016 | views : 582 | म्याग्दी - MGD

मंसिर २७, म्याग्दी । जन्मथलोमा बाढीले घरबारविहीन भएकाको पुनःस्थापनाका लागि प्रवासीले रु ३० लाख जुटाएका छन् । बेगखोला–६ का बाढीपीडितको पुनःस्थापनाका लागि बेगखोला कल्याणकारी समाजले सो सहयोग जुटाएको हो ।  रोजगारी, अध्ययन र पेसा व्यवसायका लागि हङकङ, बेलायत, जापान र कोरियामा पुगेका बेगवासीको पहलमा ब

Read More

बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु

Posted on December 11, 2016 | views : 649 | म्याग्दी - MGD

मङ्सिर २६, बाबियाचौर (म्याग्दी) । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु भएको छ ।  भौतिक योजना तथा यातायात मन्त्रालयले १८६ किलोमिटर दूरीको यो सडक स्तरवृद्धिका लागि रु छ अर्ब लागतको आयोजना सुरु गरेको हो । ७६ क

Read More

जलविद्युत आयोजना निर्माणः ठूला ठप्प, साना तीव्रगतिमा

Posted on December 03, 2016 | views : 1253 | म्याग्दी - MGD

मङ्सिर १८, म्याग्दी । म्याग्दी जिल्लामा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प रहेको अवस्थामा साना आयोजनाको निर्माणकार्य भने तीव्र रूपमा अगाडि बढेको छ ।  विद्युत् प्राधिकरणको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्, रोवर्ट इनर्जी प्रालिको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, पश्चिम

Read More

एउटै ठाउँ जोड्ने पाँच सडक आयोजना सञ्चालन

Posted on November 21, 2016 | views : 494 | म्याग्दी - MGD

मङ्सिर ६, म्याग्दी । एकै ठाउँलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले पाँच वटा आयोजना सञ्चालन भएका छन् ।  दलका नेताको स्वार्थ, मुख्य सडकले आफ्नो बस्तीलाई समेट्नुपर्ने स्थानीय बासिन्दाको माग, पहिले खनेको सडक असफल हुनु जस्ता कारणले एउटै ठाउँसँग जोडिने फरकफरक नाम गरेका आयोजना सञ्चालन भएको हो ।  दर

Read More

क्याम्पसको महायज्ञमा करिब तीन करोड सङ्कलन

Posted on November 18, 2016 | views : 470 | म्याग्दी - MGD

मङ्सिर ३, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालित धार्मिक तथा शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा रु दुई करोड ७८ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।  क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन र प्राविधिक शिक्षा थप गर्ने उद्देश्यले सप्ताहव्यापी रुपमा आय

Read More

राहुघाट जलविद्युत्मा स्थानीयलाई लगानीको अवसर

Posted on November 14, 2016 | views : 472 | म्याग्दी - MGD

कात्तिक २९, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ ।  सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेड

Read More

म्याग्दीमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर गाउँमा सडक

Posted on November 10, 2016 | views : 495 | म्याग्दी - MGD

कात्तिक २५, म्याग्दी । म्याग्दीको कुहूँ–१ खानीगाउँका स्थानीयवासीले चन्दा सङ्कलन गरेर गाउँमा सडक पु¥याएका छन् ।  कृषि र पशुपालनमा प्रशस्त सम्भावना भएको खानीगाउँमा सडक नपुगेका कारण आफ्नो उत्पादनले बजार नपाउनुका साथै असुविधा भएपछि स्थानीयवासीले चन्दा सङ्कलन गरेर करिब रु आठ लाखको लगानीमा तीन किलोमट

Read More

प्रवासी म्याग्देलीले इन्टरनेटका लागि जुटाए ५० लाख

Posted on November 06, 2016 | views : 783 | म्याग्दी - MGD

कात्तिक २१, म्याग्दी । रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् ।  म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको जिल्लालाई फ्रिवाइफाई बनाउने योजनामा वित्तीय व्यवस्थापनक

Read More

म्याग्दीमा सामुदायिक भवन निर्माणका लागि देउसीभैलोबाट नौ लाख सङ्कलन

Posted on November 03, 2016 | views : 403 | म्याग्दी - MGD

कात्तिक १८, म्याग्दी । सामुदायिक भवनलाई सहयोग जुटाउन मराङ–३ कल्लेनीका बासिन्दाले सञ्चालन गरेको देउसीभैलोबाट रु नौ लाख २२ हजार ११७ सङ्कलन भएको छ ।  गाउँमा निर्माण हुन लागेको सामुदायिक भवनमा आर्थिक अभाव भएपछि काठमाडौँ र पोखरामा सञ्चालन गरिएको देउसीभैलोमा उक्त रकम सङ्कलन भएको हो ।  तीन दिनसम्

Read More

स्वास्थ्य चौकीलाई १२ लाख मूल्यको जग्गादान

Posted on October 28, 2016 | views : 454 | म्याग्दी - MGD

कात्तिक १२, बेनी (म्याग्दी) । ओखरबोट गाविसको एक स्वास्थ्यचौकीलाई स्थानीय एक व्यक्तिले १२ लाख मूल्य बराबरको जग्गादान गरेका छन् । स्वास्थ्यचौकीलाई जग्गा अभाव भएपछि ओखरबोट–४ का पूर्वप्रधानपञ्च तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्तिमगरको परिवारले १२ लाख मूल्य पर्ने तीन रोपनी जग्ग

Read More

म्याग्दीबाट एकै वर्षमा ४५ करोडको आलु निकासी

Posted on October 24, 2016 | views : 557 | म्याग्दी - MGD

कात्तिक ८, म्याग्दी । पहाडी जिल्ला म्याग्दीबाट एक वर्षमा रु ४५ करोडको आलु निकासी भएको छ ।  आव २०७२/७३ मा जिल्लामा उत्पादन भएको आलुमध्ये ११ हजार ७६१ मेट्रिक टन आलु जिल्ला बाहिर निकासी गरी कृषकले रु ४५ करोड आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  जिल्लाका विभिन्न गाविसमा उत्पा

Read More

बेनी–जोमसोम सडक स्तरोन्नतिको पर्खाइमा

Posted on October 20, 2016 | views : 404 | म्याग्दी - MGD

कमल खत्री/कात्तिक ४, म्याग्दी । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र मुस्ताङ जाने बेनी–जोमसोम सडक स्तरोन्नतिको पर्खाइमा रहेको छ ।  दसैँ र तिहारका अवसरमा मुस्ताङको भ्रमणमा जानेको सङ्ख्या बढेसँगै यस सडकखण्डमा सवारीसाधनको चाप बढिरहेको छ । प्राकृतिक सौन्दयले भरिपूर्ण मुस्ताङको भ्रमणमा जानेक

Read More

म्याग्दीको त्रियानब्बे प्रतिशत घरधुरीमा खानेपानी सुविधा

Posted on October 16, 2016 | views : 341 | म्याग्दी - MGD

असोज ३०, बाबियाचौर (म्याग्दी) | त्रियानब्बे प्रतिशतभन्दा बढी घरधुरीमा आधारभूत खानेपानी सुविधाको पहुँच पुगेको छ ।  आधारभूत खानेपानी र सरसफाइमा पहुँच बढेसँगै दूषित पानी र फोहोरका कारण लाग्ने स्वास्थ्य समस्या कम भएको बताइएको छ । चौबिस हजार पाँच सय ९९ घरधुरीको बसोवास रहेको म्याग्दीका २२ हजार ९३५ घर

Read More

बाढीले दुईमहिनामा सातवटा पुल बगायो

Posted on September 22, 2016 | views : 641 | म्याग्दी - MGD

असोज ६, बाबियाचौर (म्याग्दी) । म्याग्दीमा बाढीले पछिल्लो दुई महिनायता छवटा झोलुङ्गे र एकवटा मोटरेबल पुल बगाएको छ । झोलुङ्गेपुल बाढीले भत्काउने र बगाउँदा पाँचवटा गाविसका बासिन्दालाई आवत–जावतमा समस्या भएको छ ।  बेनी—जोमसोम सडकको बेगखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि उत्तरी म्याग्दी र मुस्ताङ ज

Read More

म्याग्दीको बेगखोलामा पुल बगाएपछि सास्ती

Posted on September 21, 2016 | views : 436 | म्याग्दी - MGD

असोज ५, म्याग्दी । बाढीले सडक, बेलिब्रिज र झोलुङ्गेपुल बगाएपछि म्याग्दीको बेगखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।  बेगखोलामा भदौ १६ गते राति आएको बाढीले सडक, पदमार्ग र पुल बगाएपछि म्याग्दीको उत्तरी भेगका दश गाविसका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटक समस्यामा परेका छन

Read More

पाँचथरको १० गाविसलाई लक्षित गर्दै २४ सै घण्टा एम्बुलेन्स सेवा

Posted on September 21, 2016 | views : 3296 | म्याग्दी - MGD

असोज ५, पाँचथर | पाँचथरको ग्रामिण भेग यासोक बजारबाट २४ सै घण्टा एम्बुलेन्स सेवा संन्चालनमा आएको छ । स्वर्गिय रञ्जन सिह बोहोरा स्मृति प्रतिस्ठानले यासोक बजार बाट सेवा दिने उदेश्यले एम्बुलेन्स सेवा सन्चालनमा ल्याईएको छ । लामो समय देखी बिरामी बोक्ने सवारी साधनको अभावका कारण समयमै अस्पताल पुग्न नसकी रहे

Read More

म्याग्दीमा होटल व्यवसायमा ८७ करोड लगानी

Posted on September 17, 2016 | views : 708 | म्याग्दी - MGD

असोज १, म्याग्दी । म्याग्दीमा दर्ता भएका होटल तथा रेस्टुरेन्ट व्यवसायमा रु ८७ करोड लगानी भएको छ ।  घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका अनुसार म्याग्दीमा आर्थिक बर्ष २०७२÷७३ सम्म दर्ता भएका ५१० वटा होटल तथा रेस्टुरेन्टमा उक्त लगानी भएको हो । गत वर्ष २१ वटा नयाँ होटल तथा रेस्टुरेन्ट दर्

Read More

म्याग्दीमा सातवटा खानेपानी आयोजना निर्माण

Posted on September 03, 2016 | views : 695 | म्याग्दी - MGD

भदौ १८, म्याग्दी । जिविस अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरफाइ परियोजना मार्फत पछिल्लो एक वर्षयता म्याग्दीमा सातवटा खानेपानी आयोजना निर्माण भएको छ ।  छवटा गाविसका विभिन्न बस्तीमा रु दुई करोड आठ हजार ३९३ को लागतमा निर्माण भएको आयोजना मार्फत ५४८ घरधुरीमा बसोवास गर्ने तीन हजार

Read More

बेनीबजारको १८ स्थानमा सौर्य बत्ती जडान

Posted on August 15, 2016 | views : 725 | म्याग्दी - MGD

साउन ३१, म्याग्दी । सदरमुकाम बेनीमा सौर्य सडक बत्ती जडान गरिएको छ । बेनी नगरलाई उज्यालो बनाउन र बजारलाई सुरक्षित बनाउन सौर्य सडक बत्ती जडान गरिएको हो ।  रातको समयमा आवत–जावत गर्न सहज होस् भनेर बेनीको कालीपुलदेखि मङ्गलघाटसम्मको विभिन्न अठार स्थानमा सौर्य सडक बत्ती जडान गरिएको नगरपालिकाका सूचना अ

Read More

साढे सात करोड राजस्व सङ्कलन

Posted on July 31, 2016 | views : 873 | म्याग्दी - MGD

साउन १६, म्याग्दी । आव २०७२/७३ मा जिल्लाका २३ वटा सरकारी कार्यालयमार्फत रु सात करोड ४७ लाख राजस्व सङ्कलन भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सबैभन्दा बढी रु तीन करोड ३३ लाख राजस्व सङ्कलन भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक युवराज पौडेलका अनुसार गत वर्ष रु आठ करो

Read More

म्याग्दीमा तीनवटा लघुजलविद्युत् परियोजना निर्माण

Posted on July 27, 2016 | views : 1174 | म्याग्दी - MGD

साउन १२, म्याग्दी । एक वर्षयता जिल्लामा तीनवटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् ।  जिल्लाको मल्कवाङ, मुदीको खिवाङ र रुमको पात्लेमा निर्माण भएको लघुजलविद्युत् परियोजनाबाट ७३.५ किलोवाट विद्युत् उत्पादन भई ४४९ घरधुरी लाभान्वित भएका छन् । परियोजना निर्माणका लागि दाता, स्थानीय निकाय र समुदाय

Read More

घरजग्गा कारोबारबाट डेढ करोड राजस्व सङ्कलन

Posted on July 26, 2016 | views : 727 | म्याग्दी - MGD

साउन ११, म्याग्दी । आव २०७२/७३ मा घरजग्गाको कारोबारबाट रु एक करोड ४८ लाख ७९ हजार राजस्व सङ्कलन भएको छ ।  जिल्ला मालपोत कार्यालयका अनुसार गत आवमा एक हजार १८१ वटा घरजग्गाको रजिस्ट्रेसन पास भएको थियो । कार्यालयका नासु दयाराम पौडेलले गत आवमा ४७३ जनाले घरजग्गा आफ्नो नाममा दर्ता गर्दा रु २३ लाख ६२ हज

Read More