एम्बुस विस्फोटमा मुस्किलले बाँचे कांग्रेस उम्मेदवार

Posted on: 14 Nov, 2017

कात्तिक २८, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी एम्बुस बिस्फोट गराइएको छ।

मंगलबार बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेका कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा म्याग्दी कांग्रेसका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी एम्बुस बिस्फोट गराइएको हो ।


बम विस्फोट हुँदा गाडीमा सामान्य क्षति पुगेको छ । विस्फोटका क्रममा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र मानिने म्याग्दीमा त्यही समूहले विस्फोट गराएको प्रहरीको अनुमान छ ।

चुनाव प्रचार टोलीमा गर्बुजासहित लोकतान्त्रिक मोर्चाबाट प्रदेश ‘क’ का उम्मेदवार भीमप्रसाद गौचन, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवाल पनि सोहि गाडीमा सवार थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!