तीजमा महिलाद्धारा महिलाको निर्मम हत्या

Posted on: 12 Sep, 2018

प्रेम सुनार | भदौ २७, म्याग्दी | दिदी बहिनी बिच दुख-सुख साट्ने महान हरितालिका तीजमा महिलाद्धारा महिला माथी जघन्य प्रकारको हिंसाको खबरले म्याग्दी जिल्लामा सन्नाटा छाएको छ । 

मंगलबार दर खाने दिनमा म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर–१ निस्कोट बस्ने ४५ वर्षीया लक्ष्मीदेवी पटेलले   छिमेकी बुहारी नाता पर्ने ३० वर्षीया लोकमाया पटेललाई हत्या गरेकी हुन । 

ति महिलाले मंगलबार साँझ बाटो हिडेकी बुहारीलाइ बञ्चरो प्रहार गरी हत्या गरेको र अभियुक्त ति महिलालाई नियन्त्रणमा लिईएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकबहादुर गुरुङ्गले जानकारी दिए । के बिवादमा हत्या गरिएको रहेछ ? भन्ने प्रश्नमा गुरुङ्गले भने –‘त्यो भने बुझ्न बाँकी छ , टाउँकोमा बञ्चरो प्रहार गरी घटना स्थलमै हत्या गरेको हो । उनलाई पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाईएको छ । ’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!