सीताको उपचार गर्न प्रचण्ड तातोपानी कुण्डमा

Posted on: 13 Nov, 2018

कात्तिक २७, म्याग्दी | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि प्राकृतिक उपचारस्तलका रुपमा परिचित म्याग्दीको तातोपानी कुण्ड आईपुगेका छन । 

भारत, सिंगापुर गाइल्याण्डका अस्पतालमा उपचार गर्दासमेत सन्चो नभएपछि विश्वमै प्रख्यात बेनी नगरपालिका ४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा पुत्री गंगा दाहाल, गृहमन्त्री रामबहादुर थापा, उनकी धर्मपत्नी नैनकलाहित परिवारिक टोली कुण्डमा पुगेका थिए । 

विरामी जस्तै देखिने सीतालाई छोरी गंगा र सहयोगीले दुईहात समातेर कुण्डमा पुर्याएका थिए । 

सुगर, प्रेसरलगायत समस्याबाट पीडित सीतालाई रोगले झन् च्याप्न थालेपछि चिन्तित् दाहालको म्याग्दी भ्रमण पारिवारिक भएको दाहालका स्वकीय सचिहादुर महराले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!