समाज | म्याग्दी - MGD


पढ्ने धोको पूरा भएकामा दंग छन् बेनीका आमाहरु

Posted on August 10, 2018 | views : 313 | म्याग्दी - MGD

कमल खत्री | साउन २५, बेनी | बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन् ।  सानो छँदा विद्यालय जा

Read More

सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा आमाछोरा बेपत्ता

Posted on August 03, 2018 | views : 556 | म्याग्दी - MGD

साउन १८, म्याग्दी | म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन् ।  बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उहाँका आठ वर्षीय छोरा स

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 3587 | म्याग्दी - MGD

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

म्याग्दीमा आठ हजार सवारी साधन कारबाहीमा

Posted on July 22, 2018 | views : 131 | म्याग्दी - MGD

साउन ६, म्याग्दी | जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४÷७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ ।  गत वर्ष आठ हजार २०० जीप, कार, ट्रक, मोटरसाइकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लंघन गरेकोमा कारबाही भएको थियो । जरिवानाबापत रु

Read More

खानेपानी आयोजना निर्माण

Posted on July 17, 2018 | views : 225 | म्याग्दी - MGD

साउन १, म्याग्दी | म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकमका बासिन्दाले तीन वर्षको प्रयासमा रू दुई करोड ५१ लाख ३४ हजार ५४० को लागतमा खानेपानी आयोजना निर्माण गरेका छन् ।  कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ योजनाबाट साविक ताकम गाविसको ३, ४, ५, ६ र ९ नं वडाका ३३० घरधुरी लाभान्वित भएका उपभोक्ता समित

Read More

चिरकालिज लोप हुने अवस्थामा

Posted on July 16, 2018 | views : 166 | म्याग्दी - MGD

धु्रवसागर शर्मा/असार ३२, म्याग्दी | दुर्लभ मानिने चिरकालिज उचित वातावरणको अभाबका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको छ ।त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागमा अध्ययनरत केशव चोखालले एकवर्ष लगाएर जिल्लाका विभिन्न ठाउँमा पुगेर गर्नुभएको अनुसन्धानबाट यहाँ करिव ६० वटा चिरकालिज पाइएको

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 3248 | म्याग्दी - MGD

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 3335 | म्याग्दी - MGD

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 2356 | म्याग्दी - MGD

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

म्याग्दीमा आलु भण्डारणका लागि भवन निर्माण

Posted on July 13, 2018 | views : 128 | म्याग्दी - MGD

असार २९, म्याग्दी | धवलागिरि गाउँपालिका–२ मरेनीमा आलुको बीउ भण्डारण गर्न भवन निर्माण गरिएको छ ।  रु सात लाखको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवनमा दश मेट्रिक टन बीउ आलु भण्डारण गर्न सकिने गाउँपालिकाका कृषि शाखा प्रमुख योगन्द्र राईले जानकारी दिनुभयो ।  जिल्ला कृषि विकास कार्यालयको रु द

Read More

बेनी–जोमसोम सडक अवरुद्ध

Posted on July 11, 2018 | views : 122 | म्याग्दी - MGD

असार २७, म्याग्दी | अन्नपूर्ण गाउँपालिका–ं ३ दानाको तितरमा गएराति आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।  सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छ्याउने प्रयास भइरहेको शर्मा गजुरमुखी अयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।  अवरुद्ध सडकको माटो र

Read More

राम्रो नतिजा ल्याउनेलाई शिक्षकले दिए रु दशहजार

Posted on June 27, 2018 | views : 146 | म्याग्दी - MGD

असार १३, म्याग्दी ।  बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन् ।  मंगलबार विद्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा अंग्रेजी विषयका शिक्षक भरत थापा, विज्ञानका प्रकाश सुवेदी र गणित विषय

Read More

म्याग्दीबाट फरार तीन अभियुक्त पक्राउ

Posted on June 24, 2018 | views : 106 | म्याग्दी - MGD

असार  १०, म्याग्दी, | जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न कसुर गरेर फरार रहेका तीनजना अभियुक्तलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बेनी नगरपालिका–६ का ३२ वर्षीय खिमबहादुर दमाई, बेनपा–५ कै २१ वर्षीय विपीन खत्री र बेनपा–५ छापाका सुशील जिसी रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको

Read More

जग्गा मुआब्जा विवादका कारण म्याग्दीको राहुघाट सव स्टेशन निर्माणमा ढिलाइ

Posted on June 20, 2018 | views : 163 | म्याग्दी - MGD

असार ६, म्याग्दी | जग्गा मुआब्जा विवादका कारण म्याग्दी रघुगंगा गाउँपालिका– ३ पिप्लेस्थित निर्माण हुन लागेको राहुघाट सव स्टेशनमा अवरोध उत्पन्न भएको छ ।  १३२ केभी क्षमत्ताको सवस्टेशनका लागि प्रस्तावित अम्बाङका जग्गा धनीहरुले जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको मुआब्जाको दर ‘न्यायोचित र व्यवह

Read More

रघुगंगा आयोजनामा ठेकेदार परिचालन

Posted on June 14, 2018 | views : 177 | म्याग्दी - MGD

जेठ ३१, म्याग्दी | रघुगंगा जलविद्युत् आयोजनाको काममा ठेकेदार परिचालन गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको ४० मेगावाट क्षमताको रघुगंगा आयोजना निर्माणका लागि ६ महिना अगाडी ठेक्का सम्झौता भएको थियो । भारतीय कम्पनी जेपी एशोसिएट्सले कार्यक्षेत्रमा प्रारम्भिक चरणको नक्साङ्कनक

Read More

म्याग्दी: घुस खाने यी २ प्राविधिक पदबाट बर्खास्त

Posted on June 14, 2018 | views : 144 | म्याग्दी - MGD

जेठ ३१, म्याग्दी | सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन् ।  कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाइ बाध्य बनाएर घुस लिएको आरोपमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रम

Read More

म्याग्दीमा एकै घरका दुई बुहारी बैशाखदेखि सम्पर्कविहीन

Posted on June 07, 2018 | views : 205 | म्याग्दी - MGD

जेठ २४, म्याग्दी | म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् ।  डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको उनीहरुका ससुरा लालबहादुर बुढाले जानकारी दिनुभयो ।  बिहान अबेरसम्म

Read More

विद्युत् केन्द्रमा तोडफोड गर्ने ४ जना म्याग्दीबाट प्रक्राउ

Posted on June 07, 2018 | views : 136 | म्याग्दी - MGD

जेठ २४ म्याग्दी | विगत तीन दिनदेखि दैनिक आठ घण्टाभन्दा बढी समयसम्म विद्युत् सेवा कटौती गरेको विरोधमा नेपाल विद्युत् प्राधिकरण, बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।  मंगलबार राति अबेरसम्म पनि विद्युत् नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 2086 | म्याग्दी - MGD

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 2144 | म्याग्दी - MGD

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग भेटियो

Posted on June 05, 2018 | views : 331 | म्याग्दी - MGD

जेठ २२, बेनी | म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँको शिरानमा कुहुँ मालिका मन्दिर नजिकै रहेको १७ औँ शताब्दीको ऐतिहासिक सुरुङमार्ग भेटिएको छ ।  जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसे/चौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक

Read More

आश्चर्यजनक शिवमूर्ति भेटियो: प्रत्येक ३२ सेकेण्डमा अभिषेक !

Posted on May 28, 2018 | views : 347 | म्याग्दी - MGD

जेठ १४, बेनी | म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा अनौठो शिवमूर्ति फेला परेको छ ।  घना जंगलको बीचमा, खोलको किनारमा रहेको ओढारमा फेला परेको सो शिवमूर्तिमा पहराबाट पानी रसाएर प्रत्येक ३२ सेकेण्डमा अभिषेक हुने गर्दछ ।  घाँस दाउरा गर्ने क्रममा

Read More

म्याग्दीमा जुवाखालबाट एक महिलासहित १४ पक्राउ

Posted on May 25, 2018 | views : 127 | म्याग्दी - MGD

जेठ ११ म्याग्दी | म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।  सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्

Read More

म्याग्दीको एक विद्यालयको भवन पुनःनिर्माणका लागि एक करोड सहयोगमा

Posted on May 16, 2018 | views : 203 | म्याग्दी - MGD

जेठ २, म्याग्दी | आगलागीबाट क्षतिग्रस्त भएका एक विद्यालयको पुनःनिर्माणका लागि कोरियाली संस्थाले रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ ।  एक वर्ष अघि आगलागीबाट क्षतिग्रस्त भएका म्याग्दी बेनी नगरपालिका–४ डाँडाखेतस्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि दक्षिण कोरियाका ग्लोबल एजु

Read More

बाढीले म्याग्दीको भुरुङमा चार घर पुर्यो, सडक अवरुद्ध

Posted on May 14, 2018 | views : 246 | म्याग्दी - MGD

वैशाख ३१ बाबियाचौर, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ ।  भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । बालकृष्ण मिजारको एक तल

Read More

म्याग्दीका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माणका लागि सिफारिस

Posted on May 11, 2018 | views : 161 | म्याग्दी - MGD

वैशाख २८ म्याग्दी | पहाडी जिल्ला म्याग्दीका विभिन्न ६ ठाउँमा लामो झोलुङ्गे पुल निर्माणका लागि सिफारिस गरिएको छ ।  जिल्ला समन्वय समितिको बैठकले भौगोलिक रुपमा विकटता रहेका गाउँबस्तीलाई जोड्नका लागि लामो झोलुङ्गे पुल निर्माणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको लामो पुल हेर्ने

Read More

भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम

Posted on April 29, 2018 | views : 787 | म्याग्दी - MGD

ध्रुवसागर शर्मा | वैशाख १६, बेनी | सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँहरु भरिन थालेका छन् भने सदरमुकाम बेनीबजार खाली हुँदै जान थालेको छ ।  संघीयताको कार्यान्वयसंगै स्थानीय निकाय बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार क्रमशः हुन थालेपछि सदरमुकाम बेनीबजारमा च

Read More

म्याग्दीको दुईसय वर्ष पुरानो पोखरीको पुनःनिर्माण

Posted on April 27, 2018 | views : 201 | म्याग्दी - MGD

वैशाख १४ बाबियाचौर, म्याग्दी | बेनी नगरपालिका–१, रत्नेचौरमा रहेको २०० वर्ष पुरानो मानवनिर्मित पोखरीको पुनःनिर्माण भएको छ ।  बेनी नगरपालिका र भूसंरक्षण कार्यालयको सहयोगमा स्थानीयवासीले ऐतिहासिक तथा पर्यटकीय महत्वको पोखरीको संरक्षण गरेका हुन् । तत्कालीन समयमा सिँचाइ, गाईबस्तुलाई खुवाउन र कपडा धुन

Read More