नवलपरासीको सुस्तामा दोस्रो गाउँसभा सम्पन्न

Posted on: 12 May, 2018

श्याम थापा | वैशाख २९, सुस्ता | नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिकाले दोस्रो गाउँ सभा सम्पन्न गरेको छ । 

सुस्ता गाउँपालिकाको कार्यालयका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षयतामा र प्रदेश न ५ का माननीय सांसद अजय बाहादुर शाहीको प्रमुखअतिथ्यतामा भएको दोस्रो गाउँ सभा कार्यक्रममा सुस्ता गाउँपालिकाको कार्यालयले ३0% प्रतिशत योजनाहरु सम्पन्न गरेको र ८०% प्रतिशत योजनाहरु संचालनमा रहेको सुस्ता गाउँपालिकाको कार्यालयले जनाएको छ । दोस्रो गाउँ सभा कार्यक्रममा बोल्दै सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले सुस्ता गाउँपालिकालाई स्वच्छ र शान्त गाउँपालिका र नमुना गाउँपालिका बनाउने उहाँको भनाइ रहेको थियो । 

साथै अध्यक्ष पाण्डेले सुस्ता गाउँपालिकालाई उज्यालो गाउँपालिका पनि बनाउने प्रतिबद्धता गर्नु भएको छ । सभाले उद्योग कलकारखाना,शिक्षा,कृषि,स्वास्थ लगायतका विभिन्न बिषयहरुको विधेक पास गर्ने अध्यक्ष पाण्डेले बताउनु भयो । त्यस्तै सभा कार्यक्रममा बोल्दै  सभा कार्यक्रमका प्रमुखअतिथि एवम प्रदेश न ५ का माननीय सांसद अजय बाहादुर शाहीले सुस्ता गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनको लागि आफुले मुख्य एजेन्डा राख्ने उहाँले बताउनु भयो । 

सो सभा कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दिर्घजिवी पोख्रेल,नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सदस्य प्रकाश कुमार न्यौपाने,नेकपा एमालेका जिल्ला संयोजक टेक नारायण उपाध्याय,पत्रकार माहासंघ नवलपरासीका उपाध्यक्ष हरि शर्मा र शिक्षा समितिका सदस्य एवम महेन्द्र मा बि का प्रधानध्यापक भुपनारायण चौधरी लगाएतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै सुस्ता गाउँपालिकालाई नमूना गाउँपालिका बनाउनको लागि आफुहरु हरपल हरबखत साथ दिने भनाई रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!