डा. केसीको मागमा भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपालको एक्यबद्धता

Posted on: 23 Jul, 2018

साउन ७, नवलपरासी | भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपालले अनशनरत डा. गोविन्द केसीको मागमा एक्यबद्धता गर्दै बिज्ञप्ति जारी गरेको छ ।  

अभियानले डा. केसीको माग सरकारले सम्बोधन गर्नुपर्ने बताउँदै उहाँको मागमा एक्यबद्धता जनाउएको हो । अभियानका संस्थापक अध्यक्ष भाविसोर पराजुलीले बिज्ञप्तिमा केसीको माग जायज रहेको भन्दै यथासक्या सरकारले उहाँको मागलाई सुनुवाइ नगरे जीवनरक्षामा नै प्रश्न चिन्ह खडा हुने भन्दै यथासक्य माग सम्बोधन गर्नुपर्ने बताए । 

सरकारभित्र बिभिन्न अनियमितता र भ्रष्टाचारीहरुले चलखेल गर्दा देश र जनाताको लागि नाजायज निर्णयहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष पराजुलीले डा. केसीको मागमा सरकार पक्ष लचिलो नभए केसीपक्षको आन्दोलनमा आफ्नो अभियानको सक्रिय उपस्थिति रहने बताए । 

बिज्ञप्तिमा अभियानले देशको सकारात्मक भविष्य र भ्रष्टाचार विरोधी जुनसुकै आन्दोलनमा आफ्नो एक्यबद्धता रहने उल्लेख गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!