नेपाल मुस्लीम संघ नवलपुरको अध् यक्षमा नजरुल मिया

Posted on: 17 Nov, 2018

कमला राना मगर | मङ्सिर १, नवलपुर | नेपाली कग्रेसको भातृ सस्था नेपाल मुस्लीम संघ नवलपुरको अध्यक्षमा नजरुल मिया चयन हुनुभएको छ । आज कावासोतिमा भएको भेलाले नजरुल मियाको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समीति सर्व सम्मतीले चयन गरेको हो ।

जसको उपाध्यक्षमा सलिम मियां, सचिवमा रियाज उद्दीन , कोषाध्यक्षमा खुश्वु मेसा, सह सचिवमा हमिदा वेगम तथा मुवारक मिया लगाएत १९ सदस्यीय तदर्थ कार्य समीति चयन भएको छ ।

नेपाली कग्रेस जिल्ला सचिव बलकृष्ण घिमिरेको सभापतित्वमा भएको भेलामा नेपाल मुस्लीम संघ केन्द्रीय अध्यक्ष अव्दुल सत्तार प्रमुख अतिथीको रुपमा रहनुभएको थियो ।

यसैगरी नेपाली कग्रेस नवलपरासीका सभापति एव प्रदेश ससद विष्णु लामीछाने, प्रदेश ससद ओमकला गौतम, नेपाल मुस्लीम संघका केन्द्रीय महसचिव मुख्तार अहमद विशेष अतिथीको रुपमा रहनुभएको  थियो ।

यस्तै भेलाले जमाल उद्दिन अन्सारीको सयोजकत्वमा ३ सदस्यीय सल्लाहाकार समीति समेत चयन गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!