नेपाल भारत सिमामा संयुक्त रुपमा सुरक्षा गस्ती

Posted on: 01 May, 2018

बैशाख १८ नवलपरासी | पश्चिम नवलपरासीको नेपाल भारत सिमा क्षेत्रमा नेपाल र भारतका सिमा सुरक्षाकर्मीद्धारा  संयुक्त रुपमा सुरक्षा गस्ती गरिएको छ।


सिमा क्षेत्रमा हुदै आएको चोरी तस्करी र अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उदेश्यले यस्तो सयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरका प्रहरी निरीक्षक प्रकाश कुमार ढकालले जानकारी दिनुभयो  ।

नेपाल भारत दशगजा क्षेत्र नवलपरासीको पाल्हीनन्दन २ गोपालपुर ५०५  नं पिलर देखी  सुरु भएको गस्ती पाल्हीनन्दन ६ गेर्मी  ५०८ सम्म भएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो  ।

सो संयुक्त सिमा सुरक्षा गस्तीमा भारतिय सिमा सुरक्षाकर्मीको नेतृत्व  भारतिय एस. एस. बी. ठुठीवारीका ईन्सपेन्टर  रागबेन्द्र सिंह नेपाल तर्फ शशस्त्र प्रहरी हरपुरका सशस्त्र प्रहरी निरिक्षक ढकालले गर्नुभएको थियो  ।

सो संयुक्त सिमा सुरक्षा गस्तीमा भारतिय एस.एस.बी. ठुठीवारीको  तर्फबाट ११ र नेपाली सुरक्षाकर्मी  शशस्त्र प्रहरी हरपुरको १३ जना सुरक्षाकर्मीहरुको सहभागीता रहेको  थियो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!